बाइडेनको अलोकप्रियताले इतिहास बनाउन चुकेकी कमला ह्यारिस | Khabarhub Khabarhub

बाइडेनको अलोकप्रियताले इतिहास बनाउन चुकेकी कमला ह्यारिस

मध्यपूर्वको युद्ध र बिग्रँदो अर्थतन्त्र पनि बन्यो हारको कारण


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् १९६० मा श्रीलङ्कामा सिरिमा‌ओ बन्दरानायके राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् । यो नै संसारमा पहिलो पटक महिला कार्यकारी प्रमुख भएको इतिहास हो ।

त्यसयता सन् २०२४ सम्ममा ६२ जना महिला देशको कार्यकारी प्रमुख भएका छन् । यी ६२ जनामा हालसम्म कुनै पनि अमेरिकी महिला छैनन् ।

अमेरिका त्यस्तो देश हो, जसले समाताको नारा संसारभर घन्काइरहन्छ । तर त्यही अमेरिकामा दुई-दुईजना महिलालाई राष्ट्रपति हुनबाट रोकिएको छ ।

संसार अझै जात, धर्म, वर्ग, वर्ण र धार्मिक सम्प्रदायको नाममा हुने विभेदकारी सोचबाट ग्रसित रहेको कुरा हालै भएको अमेरिकी चुनावले पनि थप पुष्टि गरेको छ ।

धर्म र जातिका आधारमा पछिल्लो समय मध्यपूर्वको अशान्ति जारी छ । वर्तमान कारण जे भए पनि अहिलेको अशान्तिको भित्री कारण शताब्दीदेखिको यहुदी र इस्लामबीचको तनाव नै भएको नकार्न मिल्दैन ।

यी सबै सोचबाट अमेरिका धेरै पहिलो अघि बढिसकेको देश अमेरिकामा पहिलो पटक समानताको मुद्दा उठाउने अब्राहम लिङ्कन थिए ।

सन् १८६१ अमेरिकाको राष्ट्रपति भएर उनले एउटा इतिहास कायम गरेका थिए । त्यसपछि सन् १९६३ मा मार्टिन लुथर किङको ‘आइ ह्याभ अ ड्रिम’ एउटा चर्चित सम्बोधनको रूपमा संसारमा अझै परिचित छ ।

समानताको बिगुल खोज्ने त्यसै ड्रिमको असर सबैभन्दा धेरै अमेरिकी खेलकुदमा देखिएको थियो । एथलेटिक्स, बास्केटबल र जिम्न्यास्टिक लगायत खेलमा अफ्रिकन अमेरिकीहरूले संसारमै राज गरे । यसरी राज गर्नेमा महिलाहरूको उपस्थिति उल्लेख्य रह्यो ।

लुथर किङको त्यही कार्यक्रममा जोसेमिन बाकरले पनि सम्बोधन गरेकी थिइन् । नृत्याङ्गना दोस्रो विश्वयुद्धमा सफल जासुसको रूपमा स्थापित बाकर सा कार्यक्रममा गरिएको सम्बोधनपछि समानताको अभियानमा अग्रणी महिलाको रूपमा आफूलाई परिचित गराउन सफल भएकी थिइन् ।

५ नोभेम्बरमा अमेरिकामा सम्पन्न निर्वाचनमा पहिलो अश्वेत बिलिनियर ओफ्राह विन्फ्रेले पनि कमला ह्यारिसलाई साथ दिएकी थिइन् । सिकागो टिभीमा ‘पिपुल आर टकिङ’ कार्यक्रम सञ्चालन गरेर सफलताको उचाइ छाएकी विन्फ्रेको कार्यक्रमले उनलाई लोकप्रियतामा शिखरमा त चढायो नै आर्थिक रूपमा समृद्ध पनि बनाएको थियो ।

यस पटकको निर्वाचनको मतगणना जारी रहँदा कमला ह्यारिसले कुनै समय अध्ययन गरेको हवार्ड विश्वविद्यालयमा महिलाहरूको ठूलो उपस्थिति थियो ।

ह्यारिसले बुधबार साँझ त्यहीँ कार्यक्रमको आयोजना गरेकी थिइन् । एकाएक नर्थ क्यारोलिनामा परिणाम बाहिरिएको थियो । नर्थ क्यारोलिनाको परिणाम मात्र बाहिरिएन मतगणना भइरहेका ब्याटल ग्राउन्ड विन्सकिन्सन र पेनेसेल्भिनियामा समेत ह्यारिस रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा पछि थिइन् ।

यसैकारण ह्यरिसले आफ्नो हार निश्चित ठानेर कार्यक्रम मात्रै स्थगित गरिनन्, त्यहाँ उपस्थित समर्थकमा रुवावासी नै चलेको थियो ।

यस पटकको निर्वाचनमा ह्यरिसको उम्मेदवारी धेरै कारणले चर्चामा थियो । पहिलो त उनी क्यारेबियन र भारतीय मूलकी आप्रवासीको सन्तान थिइन् ।

यसकारण उनीप्रति दक्षिण एसियाको चासो सबैभन्दा बढी थियो । दोस्रो उनी मन्दिर र चर्च दुवैमा उपस्थित जनाउने व्यक्ति थिइन् । तेस्रो उनी महिला थिइन् । साथमा उनी अश्वेत थिइन् ।

यसकारण उनको उम्मेदवारीप्रति धेरेको चासो थियो । यो चासो संसारभरकै हो । अमेरिकाकासामु थुप्रै इतिहास बनाउने मौका थियो । त्यसो त पहिलो अश्वेत महिला उपराष्ट्रपति तथा राष्ट्रपति पदकी प्रत्याशीको रूपमा उनको कीर्तिमान छँदै थियो ।

परन्तु संसारले अमेरिकामा बन्ने इतिहासलाई पर्खेर बसेको साँचो हो । यसका अलावा ४ वर्षअघि पराजित रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पलाई नै अमेरिकीले पत्याए ।

ह्यारिस किन हारिन् ?

ह्यारिस हारका धेरै कारण हुन सक्छन् । मूलरूपमा ५ कारणलाई विशेष मानिएको छ । यी ५ कारणमा अर्थतन्त्र नै पहिलो हो । बढ्दो महँगी र अर्थतन्त्र अमेरिकीको चासोको विषय थियो ।

सन् १९७४ पछि मुद्रास्फीति उच्च बिन्दुमा पुगेका थियो । २५ प्रतिशत मात्र देशको अवस्थाबाट सन्तुष्ट थिए । ३१ प्रतिसतले ट्रम्पले ह्यारिसले भन्दा राम्रोसँग अर्थतन्त्र सम्हाल्न सक्ने ठहर गर्दै मत दिएको सीएनएन पोलले देखाएको छ ।

राष्ट्रपति जो बाइडेनले छाडेपछि उनी राष्ट्रपति पदकी उम्मेदवार भएकी थिइन् । ४० प्रतिशतको विचारमा बाइडेनको अलोकप्रियतामा ह्यारिसको पनि भूमिका छ ।

उनले आफूलाई बाइडेनबाट अलग राख्न नसक्नु हारको मुख्य कारण बनेको थियो । बाइडेनसँगको निकट दूरीका कारण उनले मुद्रास्फीति र मेक्सिको अमेरिका सीमाको सङ्कटलाई टार्न नसक्ने अनुमान धेरैको थियो ।

ह्यारिसले आफू बाइडेनभन्दा फरक रहेको पुष्टि गर्न विगत भुलेर सुनौलो भविष्यको सपना देख्न बारम्बार आह्वान त गरिन् । परन्तु बाइडेनको आलोचना गर्ने हिम्मत भने भएन ।

यसबीचमा बाइडेन प्रशासनकालमै डेमोक्र्याट पार्टी अलोकप्रिय भइरहेको थियो । यो अलोकप्रियता चिर्नसमेत ह्यारिस असफल भइन् ।

प्यु रिसर्च सेन्टरका अनुसार अन्तिम समयमा दुई सामाजिक मुद्दा उठेका थिए । महत्त्वपूर्ण केही राज्यलाई लक्षित गर्दै ट्रम्पले आप्रवासी मुद्दा उठाएका थिए ।

ह्यारिसले गर्भपतन र प्रजनन स्वास्थ्यको मुद्दा उठाएकी थिइन् । ह्यारिसको मुद्दाले पुरुष मतदातालाई खासै प्रभाव पारेन । ट्रम्पको आप्रवासी मुद्दाले महिला र परुष दुवै अमेरिकीलाई प्रभाव पारेको थियो ।

ह्यारिसले महिला मतदातामा ५४ प्रतिशत मत पाइन भने ट्रम्पले ४४ प्रतिशत मत पाए । जबकि सन् २०२० मा बाइडेनले ५७ प्रतिशत महिलाको मत पाएका थिए भने ट्रम्पले ४२ प्रतिशत मत पाएका थिए ।

स्ट्यान्ड फोर्ड विश्वविद्यालयको हवार इन्स्टिच्युटका बेलायती अमेरिकी सिनियर फेलो निल फर्गुसन अमेरिकी मतदाता ४ वर्ष देखि उठेका मुद्दालाई एकै पटक छाड्न नचाहेको बताउँछन् ।

मध्यपूर्वको युद्ध तथा आर्थिक मुद्दा तथा विगतमा तल्लो वर्ग लक्षित कार्यक्रम ल्याउन नसकेका कारण काम गर्ने समुदाय, हिस्पानिक र ल्याटिनोमा डेमोक्र्याटको प्रभाव घटिरहेको थियो ।

सन् १९८८ पछि पहिलो पटक सन् २०१६ मा ट्रम्पले हिलारी क्लिन्टनलाई हराउँदा मात्र पेनेसेल्भिनियामा रिपब्लिकले सफलता पाएको थियो । त्यस स्थानमा पनि ह्यारिसले पराजयको सामना गरिन् ।

सन बेल्ट क्षेत्रका एरिजोना, नेभाडा, नर्थ क्यारोलिना र जर्जियामा ट्रम्प कार्यकालमा आएको विभाजनकारी अवस्थाका कारण सफलता पाउने ह्यारिसको विश्वास थियो । परन्तु उनको विश्वास खेर गयो ।

अफ्रिकी, ल्याटिनो र युवा समुदाय डेमोक्र्याटको मुख्य प्रभाव क्षेत्र थिए । यस पटक ह्यारिसले शिक्षित युवामा आफ्नो प्रभाव नबढाएकी होइनन् ।

तथापि डेमोक्र्याटका परम्परागत प्रभाव क्षेत्रमा रिपब्लिकले राम्रोसँग नै धावा बोलेको थियो । एडिसन रिसर्चको सर्वेक्षण अनुसार अश्वेत मतदातामा ह्यारिसले ८६ प्रतिशत तथा ट्रम्पले १२ प्रतिशत मत पाए ।

जबकि त्यही समुदायमा सन् २०२० मा बाइडेनले ८७ प्रतिशत मत पाएका थिए । ल्याटिनो मतदातामा ह्यारिसले ५३ तथा ट्रम्पले ४५ प्रतिशत मत पाए । सन् २०२० मा बाइडेनले ६५ प्रतिशत ल्याटिनो मत पाएका थिए ।

ल्याटिनो पुरुषमा ट्रम्पले ५४ तथा ह्यारिसले ४४ प्रतिशत मत पाए । जबकि सन २०२०मा बाइडेनले सोही समूहमा ५९ प्रतिशत मत पाएका थिए भने ट्रम्पले ३६ प्रतिशत मात्र मत पाएका थिए । ल्याटिनोलाई आफ्नो कुरा राम्रोसँग राख्न नसक्नु नै ह्यारिस हारको एउटा मुख्य कारण बनेको थियो ।

ह्यारिसले उम्मेदवारी घोषणाको लगत्तै डोनाल्ड ट्रम्पमाथि आक्रमण गर्न सुरु गरेकी थिइन् । फासिस्ट, नाजीका लागि प्यारो लगायत धेरै विषय उनले उठाएकी थिइन् । जबकै अमेरिकीका लागि डोनाल्ड ट्रम्प जानकारी नभएका व्यक्ति थिएनन् ।

उनीहरू ट्रम्पको आलोचना होइन ह्वाइट प्रवेशको पहिलो दिनदेखिकै ह्यारिसको योजना सुन्न चाहन्थे । ट्रम्पमाथि बढी आक्रामक हुँदाहुँदै ह्यारिस यस सवालमा पनि चुक्न पुगिन् ।

बारम्बारको मत सर्वेक्षणले ह्यारिसलाई बराबरी वा केही प्रतिशत माथि देखाए पनि चुनावी परिणाम उल्टिएको छ । अमेरिकामा एउटा इतिहास बन्नबाट रोकिएको छ । मुद्रास्फीतिको मुद्दासँगै दोस्रो पटक ह्वाइट हाउस प्रवेश गरेका डोनाल्ड ट्रम्प सुपर पावर भएका छन् ।

श्रोत : सीएनएन, बीबीसी

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १ : ०३ बजे

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल मंसिर १९ गते बुधबार तदनुसार

आज २०८१ साल मंसिर १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर १९ गते बुधबार तदनुसार

मैखर्कको जङ्गलमा भेटियो बारपाककी युवतीको शव

गोरखा – चार दिनदेखि सम्पर्कविहीन भएकी यहाँको बारपाक सुलिकोट गाउँपालिका–१,

सकियो ‘रंगी’को छायाङ्कन

काठमाडौं – नायक सलोन बस्नेत अभिनित रहेको फिल्म ‘रंगी’को छायाङ्कन

वाणिज्य दूतावासमा आक्रमणपछि बङ्गलादेशले भारतीय राजदूतलाई बोलायो

एजेन्सी – छिमेकीबीचको तनावपूर्ण सम्बन्धमा पछिल्लो घटनामा भारतमा रहेको आफ्नो