इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो « Khabarhub

इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार दुईवटा उद्धार विमान नेदरल्याण्ड्स पठाउने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले ‘इजरायली नागरिकविरुद्ध भएको हिंसात्मक घटना’ को कारणबारे केही बताएको छैन, तर डच सञ्चारमाध्यम एटी–फाइभले बिहीबार राति युरोपा लिगको एक खेलमा समर्थकहरूबीच झडप भएको रिपोर्ट गरेको छ । बिहीबारको खेलमा इजरायली फुटबल टोली म्याकाबी तेल–अभिभले अजाक्स एम्स्टर्डमको सामना गरेको थियो।

रिपोर्टअनुसार शहरको मध्यभागमा थुप्रै व्यक्तिबीच झगडापछि भौतिक आक्रमण र तोडफोडका घटनासमेत भएका छन् ।

‘प्रधानमन्त्री नेतन्याहूले यस भयानक घटनालाई अत्यन्त गम्भीरताका साथ लिनुभएको छ र डच सरकार र सुरक्षा बलहरूले दङ्गाकारीहरूविरुद्ध कडा र छिटो कदम चाल्न र इजरायली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्नुभयो,’ नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षा गाडीहरू उपस्थित भइसकेका छन् भने सम्भावित थप झडपलाई मध्यनजर गर्दै थप सुरक्षाकर्मीलाई बोलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रहरी प्रवक्ताले एएनपी समाचार संस्थालाई दिएको जानकारीअनुसार घटनामा संलग्न रहेको आरोपमा ५७ जनालाई पक्राउ गरिएको छ ।

बिहीबार एम्स्टर्डमको प्रहरीले सामाजिक सञ्जालमा एउटा भवनबाट प्यालेस्टाइनको झण्डा च्यातिएकोलगायत राजनीतिक संलग्नताको आरोप लागेका घटनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाएको जनाएको छ । -रासस

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १ : १४ बजे

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि