मनाङेको स्पष्टीकरण- फैसलाको पूर्णपाठ आएपछि आफैं अदालतमा उपस्थित हुन्छु « Khabarhub

मनाङेको स्पष्टीकरण- फैसलाको पूर्णपाठ आएपछि आफैं अदालतमा उपस्थित हुन्छु


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले आफ्नो पुरानो मुद्दाबारे सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ कुरिरहेको बताएका छन् ।

गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी हानेको प्रकरणसम्बन्धी ज्यन मार्ने उद्योगको मुद्दामा सर्वोच्चबाट दोषी ठहर भएका मनाङेले आफू कहीँ कतै नगएको बताएका छन् ।

उनले अदालतबाट जार भएको फैसलाको पूर्णपाठ आएपछि आफैं सर्वोच्चमा उपस्थित हुने प्रष्ट पारेका छन् । सर्वोच्चले आफूविरुद्धको मुद्दामा फैसला दिएको कुरा कानुन व्यवसायीहरूबाट थाहा पाएको बताउँदै पूर्णपाठ कुरिरहेको वक्तव्यमार्फत जानकारी दिएका हुन् ।

उनले आफ्नो मोबाइल फोन अफ भए पनि कहीँ कतै नगएको बताएका हुन् । उनले मोबाइल बन्द गर्नुको कारण ‘गुणस्तरहीन सञ्चारमाध्यम’बाट तारन्तार कल आउनु भएको जिकिर गरेका छन् ।

सर्वोच्च अदालतले यही मंगलबार मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै उच्च अदालत पाटनले तोकेको ५ वर्ष जेल सजायलाई पनि सदर गरेको थियो ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालतले गरेको फैसलालाई सदर गरेपछि मनाङेले अब कम्तीमा पनि २८ महिना जेल बस्नुपर्ने भएको छ ।

‘विगत केही दिनयता विभिन्न अखबार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको छ। सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मेरो मुद्दाको गत कात्तिक २० गते फैसला भएको विषय मैले मेरोतर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीमार्फत थाहा पाएको हुँ’, उनले भनेका छन्, ‘त्यसपश्चात मेरा कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको जानकारी आयो ।’

उनले फैसला आएपछि केही ‘गुणस्तरहीन् सञ्चार माध्ययमहरू’बाट तारन्तार फोन आइरहेका कारण केही समयका लागि मोबाइल बन्द गरेको जवाफ दिएका छन् । ‘यही विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरूमा भ्रामक समाचार सम्प्रेषण भइरहेको पाएको छ, यसमा मेरो आपत्ति छ’, उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १ : ४२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि