ओलीबारे प्रभु साहको टिप्पणी- व्यवहार ‘ध्रुवे हात्ती’को, हालत ‘भिजेको बिरालो’ जस्तो « Khabarhub

ओलीबारे प्रभु साहको टिप्पणी- व्यवहार ‘ध्रुवे हात्ती’को, हालत ‘भिजेको बिरालो’ जस्तो


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार चितवनको ‘ध्रुवे हात्ती’ जस्तो भएको टिप्पणी गरेका छन् ।

उनले व्यवहार ‘ध्रुवे हात्ती’ जस्तो भएको बताउँदै तत्काल सच्याउन सुझाएका छन् । पूर्वमन्त्रीसमेत रहेका साहले प्रधानमन्त्री ओलीको हालत भने ‘भिजेको बिरालो’ जस्तै भएको पनि बताएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा साहले प्रधानमन्त्री ओलीको व्यवहार अराजक भएको बताए । उनले ओलीको पाइला अधिनायकवादतर्फ लम्किएको टिप्पणी गरे ।

जनताले शान्तिपूर्ण आन्दोलन र विरोध प्रदर्शन गर्दा प्रहरी लगाएर दमन गर्ने र युवाहरूले नाम लिएर नाराबाजी गर्दा प्रहरी लगाएर आतंकित बनाउने काम अलोकतान्त्रिक भएको साहले बताए ।

दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनको फाइनलमा युवाहरूले ओलीको नाम लिएर नाराबाजी गरेपछि प्रहरीले निगरानी गरेको विषयमा साहले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा बोलेको विषयमा जापानमा अध्ययनरत रतन कार्कीलाई इन्टरपोल लगाएर नेपा ल्याउने तयारी भइरहेको समाचार देख्दा आफूलाई आश्चर्य लागेको साहले बताए । ‘यो सरकार निर्दयी भयो । यस्तो व्यवहारले सरकारको नेतृत्वमा हुनेको ओज बढाउँदैन, बरु सर्वसत्ता लाद्ने नेताको छवि बन्छ’, उनले भने । साहले बचाउ गरेका रतनले प्रधानमन्त्री ओलीलाई दशरथ रंगशालामै मार्न सकिने अराजक टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओलीले आलोचना पचाउन नसकेको साहले बताए । ‘जनताको बहुदलीय जनवादको जगमा उभिनुभएका ओलीले नागरिकस्तरको आलोचना सहन नसक्नु गम्भीर गल्ती हो’, उनले भने, ‘जनता सडकमा शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा बल प्रयोग गर्नु गलत हो । उहाँको व्यवहार चितवनमा उपद्रो गर्दै हिँड्ने ध्रुवे हात्तीजस्तो भयो, यो सच्याउनुपर्छ । नत्र जनताले ठेगान लगाउनेछन्’, उनले भने ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  २ : २१ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा