रुपन्देहीको मुझानाबाट ११२ बोरा चिनी बरामद  « Khabarhub

रुपन्देहीको मुझानाबाट ११२ बोरा चिनी बरामद 


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले बिहीबार चिनी बरामद गरेको हो ।

बरामद चिनी राजश्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भिडले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेका थिए ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरबितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।

उक्त भिडले ढुंगामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाइते हुनुकोसाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लुम्बिनीको गाडीमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ३ : ०७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको