‘लैङ्गिक समानता र सामाजिक परिवर्तनका लागि शिक्षा महत्त्वपूर्ण’ « Khabarhub

‘लैङ्गिक समानता र सामाजिक परिवर्तनका लागि शिक्षा महत्त्वपूर्ण’


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि युरोपियन युनियनको प्रतिनिधिमण्डलका राजदूतको रूपमा एक दिनका लागि पदभार ग्रहण गरेकी रंजिताले लैङ्गिक समानता र सामाजिक परिवर्तनका लागि शिक्षा महत्त्वपूर्ण भएको बताउँदै बालबालिकाका लागि शिक्षामा लगानी गर्नुपर्ने बताएकी छन् ।

उनले शुक्रबार इयूको राजदुतको पदभार ग्रहण गर्दै क्रिएसन नेपालको कार्यालय भ्रमण अवलोकन गर्ने क्रममा यस्तो बताएकी हुन् । उनले संकटमा परेका बालिकाको सुरक्षाका लागि एकजुट हुन सबैलाई आग्रहसमेत गरिन् ।

उनले भ्रमणको क्रममा इयुको सहयोगमा क्रिएसनद्धारा सञ्चालित परियोजनाहरूमा युवा संलग्नता, चक्रीय अर्थतन्त्र, युवा उद्यमशीलता, जलवायु तथा पर्यावरण संरक्षणमा विद्यार्थीको संलग्नता लगायतका विभिन्न गतिविधिहरूको बारेमा जानकारी लिँदै अन्तर्संवाद गरिन् ।

उनले यस्तो अवसर जुटाई दिने प्लान इन्टरनेश्नललाई धन्यवाद दिँदै क्रिएसनको नेतृत्व तहमा महिलाहरूको बाहुल्यताले निकै खुसी लागेको बताइन् । सो अवसरमा उनले गल्र्स टेकओभरका लागि तयार पारिएको घोषणा पत्र क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रलाई हस्तान्तरण गरेकी थिइन ।

नेपालका लागि युरोपियन युनियनको प्रतिमण्डलका राजदूत महामहिम भेरोनिक लोरेन्जोले समाजले युवाहरूलाई के दियो भन्दा पनि पनि युवाहरूले देश र समाजका लागि योगदान दिनु पर्नेमा जोड दिइन् । उनले सामूहिक र सहकार्यको माध्यमबाट महिलाहरूलाई निर्णायक नेतृत्व तहमा पुर्‍याउनु पर्नेमा जोड दिइन् ।

त्यस्तै क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले क्रिएसनमा ६० प्रतिशतभन्दा बढी महिलाहरूले नेतृत्व प्रदान गरी रहेको जिकिर गर्दै महिला र बालिकाको सवालमा आफूहरू निकै संवेदनशील रहेको बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ४ : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार