राजु लामाको नयाँ गीत सुनील बर्देवाप्रति समर्पित « Khabarhub

राजु लामाको नयाँ गीत सुनील बर्देवाप्रति समर्पित


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘द एन्जल्स ब्यान्ड’ले नयाँ गीत ‘कति छन्’ सार्वजनिक गरेको छ। यस गीतको ब्यान्डका प्रमुख गायक राजु लामाले स्वर दिएका छन् ।

यस गीतको संगीत र शब्द स्वर्गीय सुनील बर्देवाले तयार पारेका हुन् । उनै बर्देवालाई श्रद्धाञ्जली स्वरूप यो गीत सार्वजनिक गरिएको गायक लामाले बताए ।

बर्देवा नेपाली पप संगीतका चर्चित गायक एवम् गीतकार हुन् । बर्देवाको सन् २०१६ मा ४४ वर्षको उमेरमा निधन भएको थियो । उनका ‘गोरटो अनि उस्तै छ गल्ली’ र ‘बिहानीमा’लगायत गीत लोकप्रिय छन् ।

‘कति छन्’ गीतको रेकर्ड र भिडियोको छायाङ्कन अमेरिकामा भएको बताइएको छ । भिडियोमा राजुसहित द एन्जल्स ब्यान्डका सदस्यहरू राजेश, विकाश र ताशी फिचर्ड छन् । भिडियोको निर्देशन र छायाङ्कन संगमले गरेका हुन् ।

‘द एन्जल्स ब्यान्ड’ सन् १९९० मा स्थापित भएको हो । यो ब्यान्डले ‘मौन जीवन’ ‘द एन्जल्स २’, ‘द एन्जल्स ३’, ‘द एन्जल्स ४’ र ‘बेस्ट अफ द एन्जल्स’ जस्ता एल्बमहरू सार्वजनिक गरेको छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : २४ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त