फिल्म ‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने | Khabarhub Khabarhub

फिल्म ‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित नेपाली फिल्मको वर्ल्ड प्रिमियर हङकङमा हुने भएको छ ।

निर्माण पक्षले शुक्रबार पोस्टर सार्वजनिक गर्दै मङ्सिर २३ गते प्रिमियर हुने जानकारी दिएको हो । प्रिमियरमा निर्देशक मिलन चाम्स र फिल्ममा अभिनयसमेत गरेकी एञ्जिला सहभागी हुने छिन् ।

फिल्ममा एञ्जिलासहित सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङलगायतले पनि अभिनय गरेका छन् । नेपालमा यस फिल्मको प्रदर्शन आगामी फागुन २९ गते तोकिएको छ ।

निर्माण पक्षका अनुसार फिल्मको छायाङ्कन एञ्जिलाको जन्मस्थान इलामको आइतबारे पनि गरिएको छ । इलामसहित झापा र काठमाडौंमा पनि छायाङ्कन गरिएको निर्माण पक्षले बताएको छ ।

निर्देशक चाम्सका अनुसार फिल्ममा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथालाई चित्रण गरिएको छ ।

खेलाडी बन्न चाहनेलाई यस फिल्मले थप प्रेरित गर्ने उनको दाबी छ । भन्छन्, ‘यस फिल्मले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको छ ।’

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : २१ बजे

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु

बेइजिङ– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा क्यान्सरको टाइप पत्ता लगाउने मेसिन सञ्चालनमा 

चितवन– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार