विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच सहकार्य हुने « Khabarhub

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच सहकार्य हुने


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ ।

भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापना बारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विपद् व्यवस्थापन पूर्व तयारीका लागि सहकार्य शुरु भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका लागि जापानको प्राविधिक सहयोग, एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

जोखिम पूर्व तयारी, तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीय स्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रमहरू सञ्चालन गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए । प्राकृतिक प्रकोपबाट नागरिकले कष्ठ पाइरहेको अवस्थामा जापानी संस्थासंगको सहकार्यमा विपद् व्यवस्थापन कार्यका लागि चेम्बरले पहल गरेको अध्यक्ष अग्रवालले बताए ।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले वास्तविक तथ्याङकको अभावमा पनि उद्धार राहत तथा पुनर्स्थापना कार्यमा प्रभावकारी परिणाम हासिल गर्न चुनौती रहेको बताउनुभयो । जापानी निकायसंगको प्राविधिक सहकार्यमा वास्तविक लगत संकलन गर्न सकिने बताए ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले विपद् व्यवस्थापनमा जापानी संस्थाहरुसंग चेम्बरले गर्ने सहकार्यलाई स्थानीय तहसम्म पुर्याइने बताए । सो कार्यक्रम चेम्बरले ५ वर्ष अघि नै शुरु गर्ने तयारी गरे पनि कोभिडका कारण प्रभावित भएको वरिष्ठ उपाध्यक्ष अग्रवालले बताए । जापानी संस्थासंगको प्राविधिक सहयोग एवं सहकार्यमा विपद् पूर्व तयारी एवं जनचेतनालाई प्रभावकारी बनाइने उनको भनाई छ ।

अर्वान रेजिलेन्स रिर्सच सेन्टरका प्राध्यापक डा. इकुटा एसुकेले विपद् व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यक्रममा बढी भन्दा बढी जनसहभागिता हुनुपर्नेमा जोड दिए । रेजिलेन्स रिर्सच सेन्टर मार्फत विपद् व्यवस्थापन प्रतिकार्य सम्बन्धी जनचेतना अभिवृद्धि एवं प्राविधिक सहयोगका लागि चेम्बरसंग सहकार्य गर्न पाउँदा खुसी लागेको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ६ : ५६ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल