‘द क्लिफ’मा पुगे नेपालका लागि‌ चिनियाँ राजदूत छन « Khabarhub

‘द क्लिफ’मा पुगे नेपालका लागि‌ चिनियाँ राजदूत छन


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत- नेपालका लागि‌ चिनियाँ राजदूत छन सोङले ‘द क्लिफ नेपाल’को अवलोकन भ्रमण गरेका छन् ।

राजदूत छनसहितको टोलीले शुक्रबार साहसिक पर्यटनको हब क्लिफ पुगेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानाए ।

क्लिफको अवलोकनपछि राजदूत छनले क्लिफका साहसिक गतिविधिमा रमाउन मन भए पनि समयका कारण सम्भव नभएको बताए । त्यसका लागि अर्को पटक क्लिफ आउने उनले बताए ।

राजदूत छनसहितको टोलीको भ्रमणले कम्पनी र कर्मचारीलाई नयाँ ऊर्जा मिलेको अध्यक्ष कार्कीले बताए । भ्रमणमा गण्डकी प्रदेशका पूर्वपर्यटन मन्त्री विकास लम्साल लगायत थिए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङको बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालनमा छ ।

पछिल्लो समय एडभेञ्चर हबको रुपमा विकास हुँदै गएको द क्लिफमा खेल्न देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।

यसअघि द क्लिफमा विभिन्न मन्त्री तथा‌ सरकारका पदाधिकारीहरूले अवलोकन भ्रमण गरिसकेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ६ : ५४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको