त्रुटि सच्याएर मात्रै विद्यालयका पाठ्यपुस्तकका छाप्न अनेरास्ववियुको माग | Khabarhub Khabarhub

त्रुटि सच्याएर मात्रै विद्यालयका पाठ्यपुस्तकका छाप्न अनेरास्ववियुको माग


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्यालय तहका पाठ्यपुस्तकका त्रुटी आगामी शैक्षिक सत्रदेखि सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ।

विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजार २९२ बढी विद्यार्थीलाई पाठ्यपुस्तकमार्फत गलत कुरा पढाउन बाध्य पारिएको भन्दै अनेरास्ववियुले सच्याउन भनेको हो ।

अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वमा पुगेको टोलीले तत्काल पाठ्यपुस्तकका गल्ती सच्याउन ध्यानाकर्षण गराएको हो ।

पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लामा रहेका करिब ३५ हजार ६७४ भन्दा बढी विद्यालयमा गलत कुरा पढ्न बाध्य पारेको उक्त संगठनले जनाएको छ ।

तत्काल पाठ्यपुस्तकका कमजोरी सच्याउन, २०८२ मा प्रकाशित हुने पाठ्यपुस्तक सच्याएर मात्रै वितरण पनि संगठनले माग गरेको छ ।

वि.सं. २०७८ कात्तिक-मंसिरमा सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा २०७९ चैत्र १० मै सार्वजनिक भए पनि कक्षा १० को पाठ्यपुस्तकमा २०६८ कै तथ्याङ्क राखिनुलाई अनेरास्ववियुले गम्भीर गल्ती भनेको छ ।

नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको कुरामा पाठ्यक्रम विकास केन्द्र अनभिज्ञ रहनुलाई दुखद भनिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : १६ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र