ब्रेक फेल भएर ट्रक दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

ब्रेक फेल भएर ट्रक दुर्घटना, एक जनाको मृत्यु


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–६ ढकाल गाउँमा आज दिउँसो ना४खा ७१२३ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा जिल्लाको हिलिहाङ–३ का ५७ वर्षीय भवानीशङ्कर पौडेलको मृत्यु भएको हो ।

दुर्घटनामा ट्रक चालक इलामको सूर्योदय नगरपालिका–१२ का तेजबहादुर दास र ट्रक धनी झापाको बिर्तामोड नगरपालिका–१ चारपानेका राजकुमार बस्नेत घाइते भएका छन् ।

घाइतेलाई थप उपचारका लागि झापा पाठइएको छ । ब्रेक फेल भई ट्रक करिब ५० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साह तेलीले जानकारी दिए । ट्रक काठका गोलिया लिएर फिदिम जाँदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ८ : ३९ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल