पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा « Khabarhub

पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण काम थालेको छ ।

स्वर्णीम योजनाअन्तर्गत कामपाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वबारे जानकारी दिने र सहरको सुन्दरता थप बढाउने मुख्य उद्देश्यका साथ चित्रणीकरण थालेको जानकारी दिएको छ ।

असारदेखि असोजसम्म नियमित पानी परेका कारणबीचमा उक्त कार्य रोकिएको थियो । अहिले पानी पर्न रोकिएसँगै उक्त कार्य पुनः सुरु गरेको कामपाको भनाइ छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखन कार्यलाई पुनः सुचारु गरेको कामपा प्रशासन विभागका प्रमुख धु्रवकुमार काफ्लेले जानकारी दिए ।

प्रमुख काफ्लेका अनुसार यसको लागि कामपाले प्रतिष्ठानसँग २०८० फागुन १७ गते सम्झौता गरी काम थालेको थियो । जसअन्तर्गत पहिलो चरणमा सुन्धारा, नयाँबानेश्वर, प्रदर्शनी मार्गका सार्वजनिक भित्ताहरूमा लिच्छवीकालीन, मल्लकालीन चित्रात्मक सभ्यतालई आम सर्वसाधारणले बुज्ने देख्ने गरी भित्ते चित्र बनाउन थालेको हो ।

अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिको चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्ता, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्तामा चित्र कोरिने छन् ।

काफ्लेले भने, “भित्तामा कोरिएको विभिन्न चित्रहरूले काठमाडौँलाई चिनाउँछन् । काठमाडौँका सम्पदाको भव्यता प्रदर्शन गर्छन् । इतिहास, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्त्वका कला, भाषा, साहित्य, शृङ्गार, रहनसहन, वेशभूषा, खानपान विम्बित गर्छ, जसले एउटा इतिहास व्यक्त गर्छ ।”

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने कामपाले विश्वास लिएको छ । प्रमुख काफ्लेले भने, “अब कामपाको सार्वजनिक स्थानका भित्ताहरु विभिन्न चित्र, कुनै रङ छर्केर, पोस्टर वा कागज हासेर होइन ऐतिहासिक सम्पदाले रङ्गिने छन् ।”

कामपाले सार्वजनिक स्थानमा अहिले बनाइएका चित्र छोप्ने गरी अन्य चित्र बनाउन, पोस्टर वा पम्प्लेट बनाउनेजस्ता कार्य नगर्न आग्रह गरी जीवन्त संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सबैलाई आग्रह गरेको छ । उक्त कार्य निरन्तर सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ९ : २५ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी