भारतीय नौसेनाको आयोजनामा महासागर अन्तरक्रिया सम्पन्न | Khabarhub Khabarhub

भारतीय नौसेनाको आयोजनामा महासागर अन्तरक्रिया सम्पन्न


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समुद्री सुरक्षाबारे छलफल गर्न भारतीय नौसेनाको आयोजनामा महासागर नामक अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा भारतीय नौसेनाका कमाण्डर एडमिरल दिनेश कुमार त्रिपाठीले हिन्द महासागरमा अवस्थित मुलुकहरु केन्या, बंगलादेश, श्रीलंका, मदागस्कर, मौरिसस, माजाम्बिक, सेसेल्स, तान्जानिया, कोमोरोस, मालदिभ्सका नौसेनाका प्रतिनिधिसँग छलफल गरेका छन् ।

भर्चुअल विधिबाट सम्पन्न अन्तरक्रियामा हिन्द महासागर क्षेत्रमा उत्पन्न नौसैनिक चुनौतीको सामना गर्ने विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ‘मरिटाइम हेड्स फर एक्टिभ सेक्युरिटी एण्ड ग्रोथ फर अल इन द रिजन ९महासागर०’ को बैठक हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको छ ।

यस अन्तरक्रियामा सहभागी मुलुकका प्रतिनिधिहरुले रक्षा सहकार्यमा जोड दिएको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १० : ४३ बजे

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय