विद्रोहीले होम्स सहर कब्जामा लिएपछि सिरियाको सत्ता संकटमा « Khabarhub

विद्रोहीले होम्स सहर कब्जामा लिएपछि सिरियाको सत्ता संकटमा


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

सिरिया – सिरियाली विद्रोही सेनाले तेस्रो ठुलो सहर होम्स कब्जामा लिएको छ। सिरियाली सेनाले त्यो स्थान छाडी सकेका छन्। अहिले राजधानी दमासकस सबै दिशाबाट घेरामा परेको छ। अलावाइट समुदायका लागि होम्स अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यसै कारण पनि होम्स गुमाउनु राष्ट्रपति बसार अल आसादका लागि ठुलो धक्काको विषय बनेको छ।

सबै तीर बाट घेरिएपछि सरकारले राजधानी दमासकस पनि जोगाउन कठिन हुने जनाइएको छ। केही दिन अघि दमासकसमा रहेको राष्ट्रपतिका बाबु हफिजको सालिक भत्काइएको छ। सन् २०११ मा गृह युद्ध सुरु भएको समयमा पनि होम्स विद्रोहीकै कब्जामा थियो। सो समयमा आसादले शान्तिपूर्ण विद्रोहलाई दमन गरेका थिए।

सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घको प्रयासमा शान्ति स्थापना भएपछि सो स्थानमा सरकारको पकड जमेको हो।

सूचना श्रोतका अनुसार अमेरिकाले दमासकसको सत्ता ढल्ने ठहर गरिसकेको छ। सन् १९७१ देखि सिरियामा आसादको परिवारको सत्ता थियो। यस युद्धमा रुस र अमेरिका सरिक भएको एक अर्कामा आरोप लाग्दै आएको छ।

यता अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सिरियाको गृहयुद्ध अमेरिकाका लागि कुनै चासोको विषयको नभएको बताएका छन्।

सिरियाका लागि राष्ट्रसङ्घका विशेष दूत जीयर पिडरसनले शान्तिको प्रयास सफल नहुने बताएका छन्। उनले यस बिचमा कतारको राजधानी दोहामा रहेर अरबका विदेश मन्त्रीमार्फत वार्ताका लागि गरेको प्रयास असफल भएको छ। यस युद्धमा सम्बन्धित रहेका टर्की, अमेरिका र रुसका प्रतिनिधि मार्फत उनले वार्ताको प्रयास गरेका थिए।

राजनीतिक बन्दीका लागि कठोर मानिने होम्सको सैन्य जेलबाट ३५ सय जना छाडिएका छन्। यस कुरालाई विद्रोही कमान्डर हसन अब्दुल घानीले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनीहरूले छाडी सकेपछि होम्सको सडकमा हजारौँ जना उपस्थित भएर खुसीयाली मनाइरहेका छन्। उनीहरूले आसाद सरकार ढल्ने दिन आएको भन्दै नारा जुलुस समेत गर्न थालेका छन्।

होम्सको जेल भन्दा पनि कठोर तथा मानव अधिकारको आँखाबाट संसारै नरक झैँ मानिएका सायडनाय बन्दी गृहमा रहेका आफन्त छुट्ने आस समेत धेरै सिरियालीमा पलाउन थालेका छ। सो बन्दी गृह, यातना अमानवीय व्यवहार र सामूहिक मृत्युका लागि बदनाम छ।

यो पनि पढ्नुहोस्
को हुन्‌ सिरियामा असदलाई अत्याइरहेका विद्रोही कमान्डर अल-जुलानी ?

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ८ : २६ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै