स्पेनिस ला लिगा : बार्सिलोनालाई रियल बेटिसले रोक्यो बराबरीमा « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनालाई रियल बेटिसले रोक्यो बराबरीमा


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी सिजनको स्पेनिस ला लिगा फुटबलमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल बेटिससँग २–२ गोलको बराबरी खेल्दै बार्सिलोना अंक बाँड्न बाध्य भयो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र फेरन टोरेज तथा रियल बेटिसका लागि लो सेल्सो र असानी डिएओले एक–एक गोल गरेका थिए । शीर्षस्थानको बार्सिलोनालाई बराबरीमा रोक्ने क्रममा दोस्रो हाफको थपिएको इन्जुरी समयको ९४औँ मिनेटमा बेटिसका असानी डिएओले गोल गरेका थिए।

खेलको ३९औँ मिनेटमा बार्सिलोनाका लेवान्डोस्कले सुरुवाती गोल गरेको अवस्थामा ६८औँ मिनेटमा बेटिसका सेल्सोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि ८२औँ मिनेटमा बार्सिलोनाका टोरेजले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए पनि त्यसलाई जोगाउन नसक्दा इन्जुरी समयमा बेटिसका डिएओको गोलमा बार्सिलोना २–२ गोलको बराबरीमा रोकिन पुग्यो ।

यो बराबरीसँगै १७ खेल खेलेको बार्सिलोना ३८ अंकका साथ शीर्षस्थानमा यथावत छ भने पराजित भएको रियल बेटिस २१ अंकसहित ११औँ स्थानमा छ । १६ खेल खेलेको रियल मड्रिड ३६ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै, आज बिहान सकिएको लिग अन्तर्गतको अर्को खेलमा रियल मड्रिडले जिरोनालाई ३–० गोलले हराएको छ । रियलका लागि बेलिंघम, गुलेर र एम्बाप्पेले एक–एक गोल गरेका थिए। २२ अंक भएको जिरोना ८औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ९ : २७ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको