कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानलाई « Khabarhub

कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानलाई


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजंघा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।

खेल प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार उपाधि जितेसँगै धरानको गोधुली फुटबल क्लबले रु तीन लाख दुई हजार ८१ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको रेड डेभिल्सले रु एक लाख ५१ हजार ८१ नगदसँँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझालगायतले पुरस्कार वितरण गरिन् । लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नामको अवसरम चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजंघा फुङ्लिङ क्लब र ङावोरक सङ्जुम्भो फुङ्लेङले संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना गरेका हुन् ।

अघिल्लाे शनिबारदेखि सुरु भएको प्रतियोगितामा भारत, सिलिगुढीको कञ्चनजंघा फुटबल क्लबसहित आठ टोली सहभागी भएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : १८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली