रविलाई म्याद थपका लागि कास्की अदालतमा पेस « Khabarhub

रविलाई म्याद थपका लागि कास्की अदालतमा पेस


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई छैटौं पटक म्याद थपका लागि प्रहरीले आज कास्की जिल्ला अदालतमा पेस गरेको छ ।

पछिल्लो पटक मंसिर ९ गते थपिएको १५ दिनको म्याद शुक्रबार सकिएपछि आज पुनः म्याद थपका लागि अदालतमा पेस गरिएको हो ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, र वीरगञ्जको सानो पाइला सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अपचलन गरेको आरोप छ । लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

लामिछानेसँग काठमाडौं, पोखरा, चिवत र रुपन्देहीमा बयान भइसकेको छ भने पर्सा जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेकाले म्याद थप पछि वीरगञ्ज लैजाने प्रहरीको तयारी छ ।

लामिछानेलाई सहकारी गठी, संगठित अपराध प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ११ : ५१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको