सिरिया– सिरियामा विपक्षी सेनाले राष्ट्रपति बसार अल आसादले राजधानी दमासकस छाडेको घोषणा गरेका छन् । आसाद विमानमार्फत कुनै अपरिचित स्थानमा गएको जनाइएको छ । राजधानीलाई विद्रोहीले कब्जामा लिए पछि खुसीयाली मनाउन थालिएको छ ।
थुप्रै फुटेज र दृश्य अनुसार विपक्षीलाई कडा यातना दिइने गरेको सायडनाया जेलबाट बन्दीहरूलाई रिहा गरिएको छ । लेबनान र सिरियाको सीमामा अहिले धेरै जना जम्मा भई सकेका छन् । उनीहरू नारा घन्काइरहेका छन् ।
घर छाडेर भागेका उनीहरू विजयी मुद्रामा गीतसमेत गाइरहेको जनाइएको छ । डेराबाट राजधानी दमासकस पुगेको भिडियो पनि अहिले सार्वजनिक भएको छ ।
पूर्वी सिरियाको डियरमा पनि विद्रोही सेनाका सामु राज्यको सेनाले आत्मसमर्पण गरेको जनाइएको छ । यस घटनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले चासो पूर्वक हेरि रहेको वासिङ्टनले जनाएको छ ।
अहिले राजधानी दमासकसमा आसादको शासनको अन्त्य भएको घोषणा सहित हजारौँ जनाको भिड जम्मा हुँदै गएको भिडियो पनि सार्वजनिक भएको छ । सिरियाका प्रधानमन्त्री मोहम्मद घाजी अल जलालीले आफू सिरियामा नै रहेर त्यहाँको समस्या समाधानका लागि जनताको इच्छा अनुसार चल्ने बताएका छन् ।
प्रतिक्रिया