चितवनलाई सुरुमै धक्का, ओपनर सन्तोष कार्की ९ रनमा आउट « Khabarhub

चितवनलाई सुरुमै धक्का, ओपनर सन्तोष कार्की ९ रनमा आउट


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेह्रौँ खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिडिरहेका छन् ।

पहिले ब्याटिङमा गएको चितवनले सुरुमै झट्का ब्यहोरेको छ । उसका ओपनर सन्तोष कार्की ७ बलमा ९ रन बनाएको अवस्थामा आउट भएका छन् ।

उनलाई ब्रान्डोन म्याक्युलेनले ३.१ ओभरमा नरेश बुढाअयरमार्फत् क्याच आउट गराउँदै पवेलियनको बाटो देखाइदिएका हुन् ।

ताजा अवस्थामा ५ ओभर बलिङ गर्दै १ विकेटको क्षतिमा ३० रन बनाएको छ । क्रिजमा अहिले हसन इसाखिल र विपिन रावल रहेका छन् ।

यी दुई टिम त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा पहिलो पटक आमने-सामने भएका हुन् ।

चितवन राइनाेजको नेतृत्व कुशल मल्लले गरेका छन् । सुदुरपश्चिमबाट दीपेन्द्रसिंह ऐरीकाे नेतृत्व हुनेछ ।

चितवन राइनोज

कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १ : २३ बजे

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले