राजधानी छाडेर भागेका सिरियाली राष्ट्रपतिले अबुधावीमा शरण लिन सक्ने | Khabarhub Khabarhub

राजधानी छाडेर भागेका सिरियाली राष्ट्रपतिले अबुधावीमा शरण लिन सक्ने


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सयुंक्त अरब इमिरेटसका कूटनीतिज्ञका अनुसार विद्रोहीले राजधानी कब्जा गरे पछि भागेका सिरियाली राष्ट्रपति बसर अल असद अबुधावीमा शरण खोजिरहेको बताएका छन् ।

अचानक विद्रोहीले सहर कब्जा गरे पछि सिरियाका राष्ट्रपति बसर अल असद कथित रूपमा देशबाट भागेका छन् । तर, उनको ठेगाना भने खुल्न सकेको छैन । त्यहाँका प्रधानमन्त्रीले  पनि राष्ट्रपति कहाँ छन् भन्ने बारेमा केही थाहा नभएको बताएका छन् ।

तर, संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकारले असद युएईमा छन् कि छैनन् भन्नेमा आफू अनिश्चित रहेको बताएका छन् ।

बहराइनको मनामा संवादमा पत्रकारहरूसँग कुरा गर्दै युएइका कूटनीतिज्ञ अनवर गर्गासले असदले युएईमा शरण लिन सक्ने अनुमान गरेका छन् तर उनले प्रस्ट रूपमा केही भनेका छैनन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ३ : ०४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले