शान्तिपूर्ण आन्दोलनमा प्रहरीले कुटपिट गरेको भन्दै सहकारीपीडित मानव अधिकार आयोगमा « Khabarhub

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले कुटपिट गरेको भन्दै सहकारीपीडित मानव अधिकार आयोगमा


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी पीडितहरूले आफूले शान्तिपूर्ण आन्दोलन गरिरहेकै बेला कानून विपरीत प्रहरीले कुटपिट गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।

आज सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले सरकार नै पीडितको पक्षमा नरहेको भन्दै आयोगमा ध्यानाकर्षण गराएको हो ।

मंसिर ५ गते सहकारी पीडितहरूले काठमाडौंस्थित माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए । त्यसैक्रममा प्रहरीले नियोजित रूपमा कुटपिट गरेको अभियानका अध्यक्ष कुशलबले बताए । प्रहरीको कुटाइबाट अध्यक्ष केसी घाइते छन् ।

उनले भने, ‘आन्दोलनमा रहेका पीडितलाई प्रहरीले लखेटी लखेटी कुटपिट गरेको छ । साथै, महिला, वृद्ध र बालबालिकासहित उपस्थित भएका पीडितलाई समेत प्रहरीले कुटपिट गरेको छ ।’ मानव अधिकारको अवमूल्यन गर्दै प्रहरीले संवेदनशील अङ्गहरूमा लाठी प्रहार गरेको पीडितहरूको आरोप छ ।

हाल घाइतेहरू विभिन्न अस्पतालमा उपचाररत छन् । संविधानको धरा १७ बमोजिम  शान्तिपूर्ण आन्दोलनमा प्रहरीद्वारा कुटपिट हुनु कानुनी व्यवस्थाको विपरीत भएकाले न्यायको लागि ध्यानाकर्षण गराएका छन् । कुटपिटमा संलग्न सुरक्षाकर्मीको कारबाहीको माग गर्दै मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : २६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका