दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना हो : प्रधानमन्त्री  « Khabarhub

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना हो : प्रधानमन्त्री 


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताएका छन्  ।

भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे  ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे  ।

उनले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरूलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गरे ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : २२ बजे

फिफा सिरिज गुमेपछि अन्जिलाको गुनासो : १० वर्षको मिहिनेत खरानी बनाउन १० मिनेट पनि लागेन

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ

विस्केट जात्रा : २६ गतेसम्म रथ बनाइसक्ने

काठमाडौं– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा

कैलालीका किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलाली– कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना