संसद्लाई थप प्रभावकारी बनाउन समयसापेक्ष कानूनको आवश्यकता : सभामुख घिमिरे | Khabarhub Khabarhub

संसद्लाई थप प्रभावकारी बनाउन समयसापेक्ष कानूनको आवश्यकता : सभामुख घिमिरे


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्लाई थप प्रभावकारी बनाउन समयसापेक्ष कानूनको आवश्यकता रहेको बताएका छन् ।

संसद् सेवा दिवसको अवसरमा संघीय संसद् सचिवालयले आइतबार सिंहदरबारमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सभामुख घिमिरेले अहिले पनि पुरानै ऐनबाट संघीय संसद्को काम अघि बढिरहेको भन्दै संसद्लाई थप प्रभावकारी बनाउन समयसापेक्ष कानूनको आवश्यकता रहेको बताएका हुन् ।

उनले मुलुक संघीयतामा गएकाले ऐन कानूनलाई समयसापेक्ष बनाएर अघि बढ्नुपर्ने जिकिर गरे  । कार्यपालिका, व्यवस्थापिकाबीचको सम्बन्ध राम्रो नहुँदा संसद् प्रभावकारी हुन नसकेकाले त्यसमा ध्यान दिनुपर्ने उनले बताए ।

सभामुख घिमिरेले कार्यपालिकाले व्यवस्थापिकालाई छल्न खोज्ने र व्यवस्थापिका कार्यपालिकाको खिलाफमा जान खोज्दा संसद्लाई प्रभावकारी बनाउन समस्या भएको हुन सक्ने धारणा राखे ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जनअपेक्षालाई पुरा गर्नका लागि संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । मुलुकमा सुशासन कायम गर्नका लागि बहस हुन जरुरी रहेको र त्यसमा सांसदहरू गम्भीर हुनुपर्ने उनले बताए ।

कार्यक्रममा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले संघीय संसद्को प्रभावकारितामा संसद् सेवाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए  ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : २९ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको