दमास्कसस्थित इरानी दूतावासमा आक्रमण « Khabarhub

दमास्कसस्थित इरानी दूतावासमा आक्रमण


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

तेहरान- दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

इस्लामिक नेतृत्वको विद्रोहीले तेहरानको सहयोगी बसर अल असदको पतन भएको घोषणा गरेपछि सिरियास्थित इरानको दूतावासमा आइतबार आक्रमण भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ।

‘अज्ञात व्यक्तिले इरानी दूतावासमा आक्रमण गरेका छन्, जुन तपाईँले विभिन्न सञ्जालले साझा गरेका यी तस्बिरमा देख्न सक्नुहुन्छ,’ इरानी सरकारी टेलिभिजन कूटनीतिक परिसरभित्रबाट आएको भनिएको फुटेज देखाउँदै भनेको छ।

कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् ।

सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे।

बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भने, ‘राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसक्नुभएको छ ।’

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ०४ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।