चितवन प्रहरीले भन्यो-पोखरा लैजाँदा रविलाई दुर्व्यवहार भएको छैन, भ्रम फैल्याइयो « Khabarhub

चितवन प्रहरीले भन्यो-पोखरा लैजाँदा रविलाई दुर्व्यवहार भएको छैन, भ्रम फैल्याइयो


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रहरी कार्यालय चितवनले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुर्व्यवहार गरिएको भनेर गरिएको टिप्पणी र चर्चाको खण्डन गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले आइतबार विज्ञप्ति जारी गर्दै पूर्व गृहमन्त्री लामिछानेमाथि प्रहरीले अमानवीय व्यवहार नगरेको भन्दै आएका चर्चा र समाचारको खण्डन गरेका हुन्।

प्रहरीले राति सुतेको बेलामा हिरासत कक्षबाट लामिछानेलाई उठाएको, अस्वस्थता हुँदा हुँदै कास्की लगेको, मादक पदार्थ पिएर दुर्व्यवहार गरेको भनेर आएका समाचारहरू कपोकल्पित र झुट्टा रहेको रिजालले बताएका छन् ।

‘मंसिर १९ गते जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा बयानका क्रममा भिडले अनुसन्धानमा बाधा पुर्‍याउने प्रयास गरेको थियो। प्रहरीमाथि ढुंगा मुढा प्रहार गर्ने, कार्यालयभित्र प्रवेश गर्न खोज्ने जस्ता घटना भएका थिए’, उनले भनेका छन्, ‘खराब मौसमका कारण हवाई मार्गबाट लैजान नसक्ने अवस्था थियो । भीडबाट सुरक्षा चुनौती बढ्ने देखिएकाले विशेष सतर्कता अपनाइएको थियो। बयान सकिएपछि लामिछानेलाई आफन्तसँग भेटघाट गराइयो। त्यसपछि मंसिर २० गते राति १२: ५ बजे सुरक्षा सतर्कता अपनाउँदै चितवनबाट कास्की जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको हो ।’

रिजालले सामाजिक सञ्जालमा भ्रामक समाचार फैल्याइएको भन्‍दै खण्डन गरे। ‘पोखरामा उपस्थित गराउने क्रममा प्रहरी कर्मचारीले राति सुतेको बेला हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्‍वस्थताका बाबजुद लगिएको, प्रहरी कर्मचारीले मापसे गरेको भन्ने जस्ता भ्रामक, झुट्ठा, भ्रमपूर्ण विचारहरू टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण भएको सन्दर्भमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन् ।

गत मङ्सिर १९ मा जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा बयान सकिएपछि लामिछानेलाई हिरासतमा राख्नुअघि उनका आफन्त र शुभचिन्तकसँग भेट गराइएको पनि उनले बताए । भेटघाट सकेपछि उनलाई सुरक्षा सतर्कतासहित कास्की लगिएको उनले बताए ।

प्रहरीले लामिछानेलाई चितवनबाट कास्की लैजाँदा कानुनी प्रक्रिया र मानव अधिकारका मान्यताको पूर्ण पालना गरिएको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ०४ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६