स्वच्छ खानेपानी र सरसफाइ स्वास्थ्य, शिक्षा र आर्थिक उन्नतिको आधार : मन्त्री यादव « Khabarhub

स्वच्छ खानेपानी र सरसफाइ स्वास्थ्य, शिक्षा र आर्थिक उन्नतिको आधार : मन्त्री यादव


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित पानी आपूर्ति र सरसफाइ नागरिकको स्वास्थ्य, शिक्षा र आर्थिक उन्नतिको आधार भएको बताएका छन् ।

आज राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको छैटौँ साधारणसभामा उनले नेपालको सामाजिक–आर्थिक विकासमा खानेपानी र सरसफाइ क्षेत्रले देशमा निकै ठूलो महत्त्व राख्नुका साथै आर्थिक उन्नतिको जग निर्माण गरेको बताए।

उनले भने, ‘नेपालको सामाजिक–आर्थिक विकासमा खानेपानी र सरसफाइ क्षेत्रको महत्त्व हामी सबैलाई अवगत छ । सुरक्षित पानी आपूर्ति र सरसफाइले नागरिकको स्वास्थ्य, शिक्षा र आर्थिक उन्नतिको जग निर्माण गर्दछ ।’

मन्त्री यादवले लाखौँ नागरिकलाई गुणस्तरीय खानेपानी सेवा र सरसफाइ सुविधा उपलब्ध गराउन महासङ्घले खेलेको भूमिकाले देशभर एउटा सकारात्मक उदाहरण प्रस्तुत गरेको बताए ।

उनले भने, ‘महासङ्घले छोटो समयमा पुर्‍याएको योगदान सह्रानीय छ । लाखौँ नागरिकलाई गुणस्तरीय खानेपानी सेवा र सरसफाइ सुविधा उपलब्ध गराउन महासङ्घले खेलेको भूमिकाले देशभर एउटा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।’

ठूला नदीलाई पानीको स्रोत बनाउँदै थोक वितरण प्रणाली, खानेपानीको मुहानको दीर्घकालीन संरक्षण र चुरे क्षेत्रमा पानी रिचार्ज गर्ने योजना तर्जुमा गर्न आवश्यक भएकाले यसमा इसिमोडजस्ता प्राज्ञिक संस्थाका अध्ययन र सुझावहरू हाम्रो कार्य योजनाको महत्त्वपूर्ण आधार बन्न सक्ने मन्त्री यादवको भनाइ छ । ‘पम्पिङ प्रणालीको बढ्दो लागतलाई सम्बोधन गर्न विद्युत् महसुल छुटको कार्यविधि तयारी भइरहेको छ’, उनले भने ।

खानेपानी तथा सरसफाइ ऐन, २०७९ ले खानेपानी मन्त्रालयको अधिकारलाई स्पष्ट रूपमा परिभाषित गरेकाले यसको कार्यान्वयनले नागरिकको जीवनस्तरमा सुधार ल्याउन उल्लेखनीय भूमिका खेल्ने मन्त्री यादवले बताए  ।
उनले भने, ‘मन्त्रालय र महासङ्घबीचको निरन्तर संवाद र सहकार्यले खानेपानी र सरसफाइ क्षेत्रमा नयाँ योजना लागू गर्न थप गति दिनेछ । आजको यो सभा र अधिवेशनले नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न सशक्त योगदान पुर्‍याउनेमा विश्वस्त छु ।’

साना सहरी समुदायमा खानेपानी सेवा पुर्‍याउन सहलगानी मोडेल प्रभावकारी भए पनि जनताको योगदानमा देखिएको चुनौतीलाई दृष्टिगत गर्दै सहलगानीको प्रतिशत घटाएर १५ प्रतिशतसम्म सीमित गर्ने नीतिगत सुधारको काम गरिरहेको उनको भनाइ छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले आम नागरिकलाई स्वच्छ खानेपानी प्रदान गर्ने कार्यमा उपभोक्ता समितिले खेलेको भूमिका उल्लेखनीय भएको बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ५६ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२