सगरमाथा क्षेत्र पुगेर स्वदेश फर्किए शिखर धवन « Khabarhub

सगरमाथा क्षेत्र पुगेर स्वदेश फर्किए शिखर धवन


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलेका भारतीय चर्चित क्रिकेटर शिखर धवन सगरमाथा आधार शिविरक्षेत्रको भ्रमणपछि स्वदेश फर्किएका छन् ।

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर धवन आइतबार हेलिकोप्टरबाट सगरमाथा आधार शिविर पुगेर केही समय बिताएपछि स्वदेश फर्किएका हुन् ।

सगरमाथा आधारशिविरको अवलोकनपछि शिखर धवन आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका हुन् ।

नेपाल आए कर्णाली याक्सबाट चार खेल खेलेका पशुपतिनाथको पनि दर्शन गरे । शिखरले आगामी मार्च महिनामा नेपाल आउने बताएका छन् ।

कर्णालीबाट चार खेलका क्रममा उनले एक अर्धशतकसहित १३६ रन जोडे । उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी ल्याएको बताइएको छ ।

शिखरले नेपालमा एनपीएल खेल्दा राम्रो अनुभव बटुलेको बताएका छन् । ‘राम्रो अनुभव बटुलेँ। नेपालका खेलाडीलाई केही सिकाउँदै मैले पनि केही मौका पाँए ।’

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ५८ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको