हर्ष सुब्बालाई गिरीराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार | Khabarhub Khabarhub

हर्ष सुब्बालाई गिरीराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेपाली पत्रकारितामा विगत चार दशकदेखी सक्रिय रहँदै आएका वरिष्ठ पत्रकार हर्ष सुब्बालाई ‘गिरीराज सृजनशील पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।

धरानमा शुक्रवार आयोजित एक समारोह बिच पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’ प्रदान गरे । सुब्बालाई नगद २५ हजार रुपैयाँ राशि सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

संचारकर्मी सुब्बा सुरुचि, देशान्तर साप्ताहिक हुँदै धरानबाट हालसम्म प्रकाशित हुँदै आएको पुर्वटाइम्स साप्ताहिक र कपुरी अनलाइन पत्रिकामा सक्रिय रहेका छ । उनी अढाई दशकसम्म कान्तिपुरमा दैनिकमा सक्रिय रहेका थिए ।

सिमान्तीकृत, पिछडिएका र आदिवासी जनजातिका मुद्दा, उनीहरूका कला संस्कृति, भाषा लिपिका मुद्दा, शिक्षा, स्वास्थ्य र राजनीतिक समस्यालाई मूलधारको मिडियामा नल्याएसम्म राज्यको ध्यानाकर्षण नहुने बताउँदै आएका छन् । उनले भने, ‘मिडियामा आम मानिसको मुद्दा लेखिन्जेल म पत्रकार हो । तर लेख्न छाडेको दिन पत्रकारको बिल्ला भिर्नु नैतिकताले दिँदैन ।’

उक्त अवसरमा अर्का पत्रकार विनय प्रधानलाई पनि नगद २० हजार रुपैयाँ सहित ‘गिरीराज आचार्य सृजनशीलता पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईले नेपाली काँग्रेसका संस्थापक सुनसरी जिल्ला सचिव गिरिराज आचार्यको सम्मानमा ‘गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार अक्षय कोष’ स्थापना गरेका हुन् । राई उपमहानगरपालिकामा नगर प्रमुख रहँदा आफूले पाउने तलब भत्ताको रकम सामाजिक सेवामा लगाउने प्रतिबद्धता जनाए अनुसार उक्त रकम मध्येबाट कोषको स्थापना गरेका हुन ।

पुरस्कार वितरण समारोहमा कांग्रेसका पुराना नेता तथा राजनीतिक लेखक गिरिराज आचार्यद्वारा लिखित ‘बिपी कोइरालाका साहित्यिक विचारहरू’ नामक पुस्तकको तेस्रो परिमार्जित संस्करणको विमोचन पूर्व प्रधानमन्त्री देउवाले गरेका थिए । समारोहमा केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखक, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मा, डिला सङ्ग्रौला, लक्ष्मी खतिवडा, राजीव कोइराला, राजीव ढुङ्गाना, प्रदीप सुनुवार, कोशी प्रदेश सभापति उद्धव थापा, प्रदेश महामन्त्री उमेश थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : ३५ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप