इलाम गोल्डकप : एनआरटी सेमिफाइनलमा « Khabarhub

इलाम गोल्डकप : एनआरटी सेमिफाइनलमा


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

इलाम – दोस्रो इलाम गोल्डकपअन्तर्गत आज भएको खेलमा जिटिए–११ एफसी दार्जिलिङलाई हराउँदै डिफेन्डिङ च्याम्पियन एनआरटी क्लब न्युरोड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले जिटिए–११ लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

मध्यान्तर अगाडिको खेलमा दार्जिलिङले पेनाल्टी प्रहारको फाइदा उठाउँदै आफ्नो टोलीलाई अग्रता दिलायो । खेलको ३७औँ मिनेटमा जिटिए दार्जिलिङका भाइचुङ राईले पेनाल्टीमार्फत गोल गरेका थिए । केहीबेरमा नै एनआरटीका खेलाडी नेमारले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

दोस्रो हाफमा एनआरटीका मार्टीनले ८४ औं मिनेटमा गोल गरी आफ्नो टोलीलाई विजयी बनाए । खेलको ‘म्यान अफ दी म्याच’ एनआरटीक जय गुरुङ भए । उनले रु आठ हजार एक सयसहित ट्रफी प्राप्त गरे ।

सोमबार त्रिभुवन आर्मी क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच खेल हुने आयोजक संस्थाले जनाएको छ । ‘ए’ डिभिजनसहित आठ टोली सहभागी उक्त प्रतियोगिता यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ९ : ४६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार