अस्पतालका एक कर्मचारी मृत फेला « Khabarhub

अस्पतालका एक कर्मचारी मृत फेला


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सप्तरी – राजविराजस्थित जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा रहेको कभर्ड हल नजिक एक कर्मचारी आज मृत फेला परेका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालका कार्यालय सहयोगी ५५ वर्षीय सुधिरकुमार झा झुन्डिएको अवस्थामा फेला परेका हुन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुर निवासी झा विगत २५ वर्षदेखि सो अस्पतालमा कार्यरत रहेका र उनी अस्पताल परिसरमै रहेको क्वाटर (कोठा)मा सपरिवार बस्दै आएका थिए ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले घटनास्थल हेर्दा घटना शङ्कास्पद देखिएको भन्दै सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य खोजी गरिनुपर्ने बताए ।

प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले झाको शवपरीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : ०४ बजे

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको