काठमाडौं-बिराटनगर उडान रोकिँदा यात्रुको बिजोग « Khabarhub

काठमाडौं-बिराटनगर उडान रोकिँदा यात्रुको बिजोग


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराईमा हुस्सु लागेका कारण दुई दिनदेखि काठमाडौंबाट हुने उडान प्रभावित भएको छ । खास गरी काठमाडौंबाट बिराटनगर जाने यात्रुहरुले दुई दिनदेखि काठमाडौंमै रोकिनुपरेको छ ।

आइतबार दिउँसो तीन बजेपछि काठमाडौंबाट बिराटनगर जाने बुद्ध एयरका चारवटा उडान स्थगित भए । त्यस्तै यति एयरलाइन्सले पनि बिराटनगर उडान भर्न सकेन ।

दिउँसैदेखि विमानस्थलमा बोर्डिङ पास लिएर बसेका यात्रुहरुलाई बुद्ध एयरले साँझ ६ बजेपछि उडान हुन नसकेको भन्दै आफ्ना लगेजहरु फिर्ता लैजान भनेको थियो ।

विमानस्थलमा दिनभर यात्रुहरुको भीडभाड देखिन्थ्यो । कतिपय यात्रुहरु दुई दिनदेखि विमान कुरिरहेका भेटिए । तर, साँझसम्म कुर्दा पनि उडान हुन नसकेपछि यात्रुहरुले निराश हुँदै आ–आफ्ना लगेजहरु जिम्मा लिएका थिए ।

आइतबार साँझ विमानस्थलमा भेटिएकी एक यात्रुले भनिन्,‘हिजो शनिबार तीन बजेको फ्लाइट भनेर आएँ, उडान भएन । आज आइतबार फेरि ३ बजे नै आउनु भनेको हुनाले आइयो तर आज पनि बिराटनगर जान पाइएन । बरु गाडीबाटै गएको भए यतिबेला पुगिन्थ्यो ।’

बिराटनगरको उडान रद्द भएपछि इटहरी जाने केही युवाहरु विमानस्थलबाटै स्करर्पियो गाडी रिजर्भ गर्ने प्रयास गरिरहेका थिए ।

मालदिभ्सबाट बैदेशिक रोजगारी गरेर घर फर्किएका एक युवक श्रीमतीलाई टेलिफोनमा भन्दै थिए, बोर्डिङ पास भइसक्यो, एक घण्टा डिले भएको छ, त्यसपछि उड्छ होला ।’

तर, साँझ उनी पनि विमान नचलेपछि निराश हुँदै साथीभाइको कोठातिरै फर्किए ।

सोमबार बिहानै आमा–बुबालाई गाडी रिजर्भ गरेर पाथीभरा मन्दिर दर्शन गराउन लैजाने उनको योजना असफल भयो ।

तोकिएको समयमा विमान नउढ्दा बृद्ध–वृद्धा र बालबालिकाहरु बढी समस्यामा परेका देखिन्थे । विमानस्थलभित्र भिडभाडका कारण चिया– खाजाको व्यापार भने राम्रैसँग फस्टाएको देखियो ।

मौसमका कारण उडान हुन नसकेको नसकेको जनाएका विमान कम्पनीहरुले यात्रुलाई आफ्ना लगेजहरु फिर्ता लिन र टिकट सोमबार सार्न आग्रह गरे । तर अधिकांशले टिकट रद्द गरेर रकम फिर्ता लिने बताए ।

बुद्ध एयरका कर्मचारीले सोमबार पनि ३ बजेयता बिरानगरमा उडान भर्न नसकिने जनाएका थिए ।

मौसमका कारण बिराटनगरको उडान रद्द भए पनि आइतबार साँझसम्म भद्रपुर, जनकपुर, भैरहवा र धनगढीमा भने उडान रोकिएको थिएन ।

यो पनि-

विमानस्थलको बेथिति, निरीह प्रधानमन्त्री : टके सेर भाजी, टके सेर खाजा !

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : १९ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु