मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र  भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भङ्गहा –५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् ।

उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ ।गए राति  जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताए ।

बाक्लो हुस्सुका कारण तीव्रगतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई  नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : ०३ बजे

हरिबोधिनी एकादशी : तोरणले सजियो बागमती

काठमाडौं– आज हरिबोधिनी एकादशी । काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

काठमाडौँ– नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

काठमाडौँ– राजधानी काठमाडौँबाट धुवाँ तथा  कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार र टौदह

मन्त्री चौधरी र नर्वेका जलवायु तथा वातावरणमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं– टर्कीको अन्तालियामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)

मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने

काठमाडौं– मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा