बजेट विनियोजन नहुँदा शहीद हिरालाल रंगशाला अलपत्र | Khabarhub Khabarhub

बजेट विनियोजन नहुँदा शहीद हिरालाल रंगशाला अलपत्र


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बारा– नियमित रूपमा खेलकुद गतिविधि भइरहने शहीद हिरालाल रंगशालामा लामो समय बजेट विनियोजन नहुँदा निर्माण हुन सकेको छैन ।

जिल्लामा सानादेखि ठूला प्रतियोगिता हुने मैदान निकै कम भएका कारण तत्कालीन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले निजगढमा निर्माण हुने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाकको निर्माणपछि निजगढमा खेल मैदान आवश्यक हुने भन्दै २०७२ सालमा शहीद हिरालाल रंगशालाको निर्माणको घोषणा गरेका थिए ।

सोही अनुरुप निजगढ नगरपालिका ९ मा रहेको यस रंगशालाको निर्माण थालनी भएको थियो । जस अन्तर्गत चार किल्ला छुट्टाउने, तरबार गर्न, खेल मैदान बनाउने कार्य भएको थियो र यस रंगशालाको डिपिआर समेत तयार गरिएको थियो तर मन्त्री पौडेलले २०७२ मा मन्त्रालय छाडे पच्यात हाल सम्ममा आठ मन्त्री दुई राज्यमन्त्री र एक सहायकमन्त्री भईसकेका छन तर यस रंगशालामा युवा तथा खेलकुद मन्त्रालयबाट बजेट आउन सकेको छैन जसका कारण  निर्माण कार्य रोकिएको छ ।

ठूला प्रतियोगिता हुन सक्ने रंगशालाको अवस्था दिन प्रतिदिन बिग्रँदो अवस्थामा छ । रंगशालाको मर्मत सम्भार हुँदै गयो भने अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता यहाँ नियमित गर्न सकिन्छ । फुटबल विकासका लागि सम्बन्धित निकायले ध्यान नदिएकाले रंगशाला मैदान खेल्न अयोग्य हुँदै गएको छ । यहीँ मैदानमा खेल खेलेर अन्डर १९ को नेपाली फुटबल टोलीमा समावेश भएको नेपाली टिमका फरवार्ड समीर तामाङले बताए ।

सानादेखि ठूला प्रतियोगिता हुने मैदानमा दुबोसमेत उप्किएर खाल्डाखुल्डी बनेको छ । अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुने भनेर  निर्माण गर्ने भनिएको रंगशालाको अवस्था बिग्रिँदै गए पनि सम्बन्धित निकायको ध्यान भने पुग्न सकेको छैन । खेल पर्यटनको सम्भावना बढ्दै गएको मधेश प्रदेशकै केन्द्र मानिने भनिएको रंगशालाको अवस्था भने खस्कँदै गएको छ ।

रंगशालाको बिजोग भएपछि स्थानिएहरुको पहलमा वृक्षरोपण देखी थोपा सिचाई गरी हरीत रंगशाला बनाउने प्रयास गरी रहेका छन । उनीहरुलाई स्थानीय उद्योग संचालकहरुले समेत साथ दिँदै आएको स्थानीय  उद्योग सञ्चालक सुर्दशन दर्गालले बताए ।

रंगशालामा नियमित स्थानीय प्रतियोगिता र फुटबल लगायतको खेलको प्रशिक्षणका लागि मैदान प्रयोग हुँदै आएका छन् । नियमित प्रतियोगिता हुने फुटबल मैदान अहिले कुनै पनि ठूला प्रतियोगिता आयोजना हुने अवस्थामा छैन, रंगशालाको यो अवस्थाले खेलप्रेमीलाई समेत चिन्तित बनाएको छ ।

स्थानीय, क्षेत्रीयस्तर र राष्ट्रिय प्रतियोगिताका निम्ति खेल मैदान अभाव भइरहेको बेलामा निजगढ उपयुक्त स्थान हो । काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाकको  निर्माणपछि यो राजधानीसंग एक घण्टाको दूरीमा सहजै पुग्न समेत सकिने यस रंगशालको  निर्माणमा अहिलेसम्म राष्ट्रिय खेलुकुद परिषद्ले कुनै रकम छुट्टाएको छैन ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १२ : २७ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि