अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगरपालिका « Khabarhub

अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगरपालिका


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कास्की–  पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकालाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न एक करोड ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

महानगरले ६ वटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी २५ लाखका दरले सो रकम प्रदान गर्न लागेको हो । महानगर प्रमुख धनराज आचार्यले दुवै पालिकाको समन्वयमा द्विपक्षीय हितका लागि यो रकम खर्च हुने जानकारी दिए ।

यसका लागि महानगरको आयोजनामा पालिकाका प्रमुख र उपप्रमुखसँग समन्वयात्मक बैठक समेत आयोजना गरिएको थियो ।

‘अन्तरपालिका साझेदारी कार्यक्रम कार्यान्वयनका सम्बन्धमा समन्वयात्मक छलफल गरेका हौँ । छिमेकी पालिकालाई २५ लाखका दरले रकम प्रदान गर्ने र समन्वयमा खर्च गर्ने महानगरको बजेट कार्यक्रममा राखिएको विषयलाई कार्यान्वयन गर्न सुरु गरेका छौँ’, प्रमुख आचार्यले बताए ।

महानगरको चालु आर्थिक वर्ष २०८०–०८१ को वार्षिक बजेट तथा कार्यक्रममा छिमेकी पालिकासँग आवश्यकताका आधारमा साझेदारीमा आयोजना सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको थियो ।

बैठकमा कास्कीको रूपा, अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिका सहित स्याङ्जाको फेदीखोला र तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख र उपप्रमुखको सहभागिता थियो ।

सो क्रममा छिमेकी पालिकामा भए/गरेका असल अभ्यास र विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दैगर्दाका अनुभवसमेत आदानप्रदान गरिएको छ । आगामी बैठक कास्कीको रूपाको व्यवस्थापनमा तीन महिनाभित्रमा बस्ने जनाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १२ : ४७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका