शान्ति समाजमा ४० प्रतिशत महिला, चुरे विनाशको विरोध « Khabarhub

शान्ति समाजमा ४० प्रतिशत महिला, चुरे विनाशको विरोध


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानवअधिकारको क्षेत्रमा कार्यरत मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय तथा जिल्ला कार्यसमितिमा न्यूनतम ४० प्रतिशत रहने भएका छन् ।

समाजको शनिबार सम्पन्न २६ औँ राष्ट्रिय परिषदको दुई दिने बैठकले समितिमा महिलाको संख्या ४० प्रतिशत पुर्‍याउने संकल्प प्रस्ताव पारित गरेको हो । यसैगरी बैठकले ‘चुरे ध्वस्त पार्न पाइँदैन, मरुभुमीकरण गर्ने नीति चाहिँदैन’ शीर्षकको प्रस्ताव पारित गरेको छ । बाह्य दबाबमा परेर चुरे ध्वस्त पारी ढुंगा गिटी  निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले आपत्तिजनक भएको समाजको ठहर छ ।

विकासको अधिकार अन्तर्गत परिषदले तराई मधेसको जीवनरेखाका रुपमा रहेको हुलाकी सडकमार्ग शिघ्र सम्पन्न गर्न र कर्णालीको उत्थानमा योगदान गर्न सरकारसँग आग्रह गरेको छ । त्यसैगरी एनसेल प्रकरणलाई राज्य विरुद्धको अपराध भन्दै सो महाघोटाला विरुद्ध वृहत अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको समाजका अध्यक्ष रामकृष्ण बरालले बताए ।

सङ्क्रमणकालीन न्याय प्रक्रिया सम्बन्धमा संसदमा विचाराधीन विधेयकलाई मानव अधिकारमैत्री बनाई टुंगोमा समाजले सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, इजरायलको बर्बरता र हमासको आतंक विश्व शान्तिका लागि खतरा भएको भन्दै हमासद्वारा बन्धक बनाइएका विपिन जोशीसहित सबैको रिहाइको मागसमेत गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया