दूरसञ्चारका अध्यक्ष खनालले दिए राजीनामा « Khabarhub

दूरसञ्चारका अध्यक्ष खनालले दिए राजीनामा


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । अध्यक्ष खनालले मंगलबार बिहान राजीनामा दिएको सञ्चार मन्त्रालयले जानकारी दिएको छ । 

खनाल २०७६ साल साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । २०७५ पुस ११ मा तत्कालीन अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि वरिष्ठ निर्देशक पदमा कार्यरत खनाललाई सरकारले निमित्त अध्यक्षको जिम्मेवारी दिएको थियो ।

पछिल्लो समय मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को पूर्ण कार्यान्वयनमा समस्या आइरहेको बेला  प्राधिकरणका अध्यक्ष खनालले राजीनामा बुझाएका हुन्।

त्यस्तै, टेरामक्स प्रणाली खरिदमा अनियमितता भएको भन्ने विषय उठिरहेको छ। इन्टरनेट सेवा प्रदायकहरूसँग कर असुलीलगायत मुद्दाहरू पनि चलिरहेको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार