मध्य भियतनाममा सैन्य प्रशिक्षण विमान दुर्घटना | Khabarhub Khabarhub

मध्य भियतनाममा सैन्य प्रशिक्षण विमान दुर्घटना


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

हनोई– भियतनामको मध्य प्रान्त क्वाङ नामको डिएन बान शहरमा मङ्गलबार बिहान करिब ११ बजे सैन्य प्रशिक्षण  दुर्घटना भएको छ । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार विमान दुर्घटना हुनुअघि जहाजमा रहेका दुई पाइलटले प्यारासुटबाट हाम फालेका छन् ।

विमान बगैंचा नजिकैको खाली जमिनमा खसेको थियो । दुर्घटनास्थल नजिकैको बगैँचामा काम गर्दै आएका एक जना स्थानीय कामदार सो घटनामा घाइते भएका छन् ।

भीएन एक्सप्रेसका अनुसार दुर्घटनास्थलमा विमानको अगाडि र पछाडिका भागहरू एकअर्काबाट करिब २०० मिटर टाढा  उछिट्टिएको छ ।
उक्त सैन्य विमान वायु रक्षा ( वायु सेनाको डिभिजन ३७२ द्वारा सञ्चालित रहेको बताइएको छ । सो विमान प्रशिक्षणका क्रममा दुर्घटना भएको थियो।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ३ : २५ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना