दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण सडकमै « Khabarhub

दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण सडकमै


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम बानेश्वर–गौशाला सडक खण्डको बत्तिसपुतलीमा सम्पन्न गरेको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सफा ट्याम्पो काठमाडौं जिल्ला कमिटीले गरेको कार्यक्रममा सवारी चालक सहचालक तथा सडक प्रयोगकर्ताको सहभागिता रहेको थियो ।

सडक दुर्घटना न्यूनीकरण कार्यक्रममा बोल्दै गौशाला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सहायक इन्स्पेक्टर परशुराम जोशीले सडक दुर्घटना निर्मूल पार्न नसकिए पनि सचेतना अभियान निरन्तर चलाउँदै गयो भने कम गर्न सकिने बताए ।

सडक प्रयोगकर्ता र चालकहरूमा ट्राफिक सङ्केत चिन्ह र ट्राफिक ज्ञान वृद्धि गर्न सकिए सडक दुर्घटना न्यूनीकरण हुने उनको भनाई छ ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले देशमा प्रत्येक दिन ७ देखि ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको बताए ।

सडक दुर्घटनामा परेर वर्षमा सरदर २ हजार ८ सय ८० जनाले ज्यान गुमाएको र १४ हजार ४ सय व्यक्ति घाइते भएको उनको भनाई छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : ३४ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य