बङगलादेशको चुनाव स्वतन्त्र र निष्पक्ष छैन : अमेरिका « Khabarhub

बङगलादेशको चुनाव स्वतन्त्र र निष्पक्ष छैन : अमेरिका


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

वाशिङ्गटन डीसी– संयुक्त राज्य अमेरिकाले आइतबार सम्पन्न बङ्गलादेशको आम चुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा  व्यक्त गरेको छ ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विपक्षीदलले बहिष्कार गरेको चुनावमा अवामी लिग पार्टीका तर्फबाट संसद्को आधाभन्दा बढी सिट जितेर लगातार चौथो कार्यकालका लागि बहुमत प्राप्त गरेका छन् ।
।
संयुक्त राज्य अमेरिकाले पर्यवेक्षकहरूसँग चुनाव स्वतन्त्र तथा निष्पक्ष नभएको धारणा व्यक्त गर्दै अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत गहिरो खेद व्यक्त गरेको  छ ।  

विज्ञप्तिमार्फत अमेरिकाले बङ्गलादेशका जनताका लागि लोकतन्त्र र  अभिव्यक्ति स्वतन्त्रताका लागि  भने पूर्ण समर्थन रहेको बताएको छ । हाल जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टीको बहिष्कार बीच आइतबार सम्पन्न निर्वाचनमा शेख हसिना पाँचौं कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । 

अमेरिकाले राजनीतिक गिरफ्तारी तथा अनियमितताका साथै निर्वाचनका समयमा भइरहेका हिंसाको पनि निन्दा गरेको छ ।  अमेरिकाले बङ्गलादेशी सरकारलाई हिंसाको छानविनका लागि  आग्रह गरेको छ ।  

यसैगरी अमेरिका स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको साझा दृष्टिकोणलाई अगाडि बढाउन बङ्गलादेशसँग साझेदारी गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । अमेरिका स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि साझा दृष्टिकोणलाई अगाडि बढाई , बङ्गलादेशमा मानव अधिकार र नागरिक समाजलाई समर्थन गर्दै जनताको आर्थिक सम्बन्धलाई सुदृढ गर्न साझेदारी गर्न प्रतिबद्ध भएको पनि अमेरिकाले जनाएको छ । 

डेली स्टारका अनुसार, शेख हसिनाको पार्टीले १२ औं संसदीय चुनावमा लगातार चौथो कार्यकाल जितेको छ । जुन चुनावमा सन् १९९१ मा प्रजातन्त्रको पुनः स्थापनापछि दोस्रो सबैभन्दा कम मतदाताको सहभागिता रहेको जनाईएको छ । 

प्रमुख विपक्षी बीएनपी र अन्य १५ दलको बहिष्कार बीच अवामी लिगले पाँच निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । विजयपछि, हसिनाले बंगलादेशका जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै, बारम्बार मतदान गर्ने नागरिकहरू प्रति आफ्नो जिम्मेवारी बोध भएको बताएका छन् । 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : ४४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण