हिमालय एयरलाइन्सले पायो आयोसा सर्टिफिकेट | Khabarhub Khabarhub

हिमालय एयरलाइन्सले पायो आयोसा सर्टिफिकेट


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरूप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ ।

गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटिए)ले सन् २०२५ मार्च ३ सम्म मान्य हुने गरी आयोसा प्रमाणीकरण गरेको हो । योसँगै हिमालय एयरलाइन्स विश्वका विमान कम्पनीसरह सुरक्षा मापदण्ड कायम गर्ने विमान कम्पनीका  रुपमा दर्ज भएको छ । 

हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हो । यो उपलब्धीलाई हिमालय एयरलाइन्सले उड्डयन क्षेत्रको कोसोढुङ्गाको रुपमा लिएको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले आयोसामा दर्ता भएको उपलब्धि विमान कम्पनीको मात्रै नभइ मुलुक र उड्डयन क्षेत्रको उपलब्धि भएको बताए ।

यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्ड कायम राख्नका लागि कम्पनीको निरन्तर प्रयासलाई मात्र प्रमाणित गर्ने नभई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायुसेवा कम्पनीका रूपमा समेत स्थान दिने उपाध्यक्ष श्रेष्ठले बताए । उनले आगामी वर्षहरूमा पनि यस उपलब्धिलाई कायम राख्न कम्पनी प्रतिबद्ध रहेको बताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले हिमालय एयरलाइन्सको उपलब्धि मुलुकका लागि गौरवको विषय भएको बताए । 

सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्सले हाल चार थान विमान तीन एयरबस ३२०-२१४ र एक एयरबस ३१९-१४४ मार्फत मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनका पाँच सहरहरु बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा उडान गर्दै आएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : ५२ बजे

बागलुङको रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालन

गलकोट– बागलुङ नगरपालिका–३ रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालनमा ल्याइएको

शेखर समूहको बैठक : कारबाहीमा परेका विष्णुदेखि मन्त्रीसमेत सहभागी भए

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहका नेताहरूको बैठक

सुर्खेतबाट साढे पाँच केजीभन्दा बढी अफिमसहित एक जना पक्राउ

सुर्खेत– सुर्खेतमा पाँच किलो ५४० ग्राम अफिमसहित एक जनालाई पक्राउ

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ जनाले लिए सेवा

खोटाङ– नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको

पौडी सिक्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

वीरगञ्ज– पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ