पूर्वसर्त पूरा नभए महसुल तिर्नु पर्दैन : विद्युत् नियमन आयोग « Khabarhub

पूर्वसर्त पूरा नभए महसुल तिर्नु पर्दैन : विद्युत् नियमन आयोग


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्युत् नियमन आयोगले ट्रंक लाइनको सन्दर्भमा तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले तोकेका सर्त पूरा नभएको भए विद्युत् प्राधिकरणले प्रिमियम महसुल लिन नपाउने बताएको छ ।

संसद्को भौतिक पूर्वाधार समितिको बैठकमा बोल्दै नियमन आयोगका सदस्य गौतम डंगोलले महसुल निर्धारण आयोगले तोकेका पूर्वसर्त पूरा नभएको अवस्थामा महसुल लिन नपाउने बताए ।

२०७३ असार १६ मा तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले ६ घण्टा लोडसेडिङ भएको अवस्थामा ग्राहकले २० घण्टाभन्दा बढी विद्युत् उपभोग गरेको भए डेडिकेटेडसरह दर लागु हुने उल्लेख गरेको छ ।

डंगोलका अनुसार यो सर्त पूरा भएको रहेछ भने उसले डेडिकेटेड सरह नै दर तिर्नुपर्ने हुन्छ । यो पूर्वसर्त पुगेको छैन भने तिर्नुपर्दैन ।

नेपाल विद्युत् प्राधिकरणले निर्णय गरेर अगाडिदेखि नै डेडिकेटेड लाइनको महसुल लिँदै आएकोमा विद्युत् महसुल निर्धारण आयोगले महसुल निर्धारण नगरञ्जेल लागु हुँदैन भनेर अदालतले निर्णय गरेको अवस्थामा त्यो महसुल खारेज नहुञ्जेलसम्म कायमै रहने उनले बताए ।

तर, त्यसको अर्थ आयोगले तोकेको सर्त पूरा नभएको अवस्थामा पनि महसुल लिन पाइन्छ भनेको नभएको उनको भनाई छ ।

विद्युत् नियमन आयोगले २०७७ असारमा मात्रै यस्तो महसुल खारेज गरेको कारणले त्यसअघिको अवधिमा तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले तय गरेको दर नै लागु हुने उनले बताए ।

बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन विवाद छिटै समाधान गर्ने बताए ।

सबै निकाय र अख्तियारले पनि महसुल उठाउन भनेकाले महसुल उठाउने बाहेक विकल्प नरहेको स्पष्ट पार्दै उनले विलिङमा पनि प्रश्न उठाउने गरेको तर, प्राधिकरण आफैले चाहेर युनिट बढाउन नसक्ने बताए ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : १० बजे

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक