विशद दाहालको निलम्बन फिर्ता लिन केएमसीलाई शिक्षा मन्त्रीको निर्देशन « Khabarhub

विशद दाहालको निलम्बन फिर्ता लिन केएमसीलाई शिक्षा मन्त्रीको निर्देशन


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डाक्टर विशद दाहालको निलम्बन फिर्ता लिन काठमाडौं मेडिकल कलेज (केएमसी) लाई निर्देशन दिएका छन ।

केयुको सहकुलपतिसमेत रहेका मन्त्री राईले डा. दाहालको निलम्वन तत्काल फिर्ता गर्न विश्वविद्यालयलाई निर्देशन दिएका हुन ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले आज मन्त्री राईले काठमाडौं विश्वविद्यालय ऐन २०४८ को दफा १३ (क) उपदफा (३) बमोजिम विश्वविद्यालयलाई निर्देशन दिएको जानकारी दिए ।

मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीलाई स्वास्थ्य शिविरमा पठाउन पनि निर्देशन दिनुभएको सचिव अधिकारीले बताए ।

मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हुने निर्देशनलाई पालना गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै केएमसीलाई बोधार्थसमेत दिएका छन ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : २६ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर