फुटसलको उपाधि रूपन्देही प्रहरीलाई « Khabarhub

फुटसलको उपाधि रूपन्देही प्रहरीलाई


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनी प्रेस क्लबको नबौँ स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टिमले जितेको छ।

मंगलबार  सम्पन्न खेलमा प्रहरीको टिमले आयोजक लुम्बिनी प्रेस क्लवलाई ४–३ गोल अन्तरले पराजित गर्दै मैत्रीपूर्ण फुटसलको उपाधि जितेको हो।

निर्धारित ३० मिनेटको खेलमा दुबै टिमले ३–३ गोलको बराबरी खेलेपछि ५ मिनेट थप गरिएकोमा चौथो मिनेटमा प्रहरीका सुभाष थारुले गोल गर्दै फुटसल उपाधि दिलाउन सफल भएका हुन्।

यसअघि खेल सुरु भएको १४ मिनेटमा प्रहरीका राजेश बस्नेतले आत्मघाति गोल गरेपछि लुम्बिनी प्रेस क्लवले १–० गोलको अग्रता लिएको थियो। २०औं मिनेटमा प्रेस क्लबका जयकेश हरीजनले गोल थप्दै २–० को अग्रता दिलाउन सफल भए।

२५औं मिनेटमा प्रहरीका सुभाष थारुले गोल गर्दै गोल खेललाई २–१ मा ल्याए। २६ मिनेटमा प्रेस क्लबका जयकेशले गोल थप्दै ३–१ को अग्रता दिलाए।

खेल सकिन केही मिनेट बाकी रहँदा प्रेस क्लबले धैर्यता गुमाउँदा प्रहरीका लागि सुभाषा थारुले २८ मिनेटमा गोल गर्दै अन्तरलाई ३–२ बनाए। २९ मिनेटमा प्रहरीका किशोर केसीले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए। अतिरिक्त समयमा प्रहरी टिम प्रेस क्लबमाथि हाबी भयो।

फाइनलअघिका खेलहरूमा जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । प्रहरीका लागि भरत बिक, किशोर केसी, राजन बस्नेत, कौशल न्यौपाने र गोकुल कट्टेलले गोल गरेका थिए । प्रहरीका कप्तान समेत रहेका जिल्ला प्रहरी प्रमुख भरत बिकले एक गोल आत्मघाति गर्दा जिल्ला प्रशासनको टिमलाई गोल उपहार भएको थियो ।

त्यस्तै अर्को खेलमा लुम्बिनी प्रेस क्लवले शशस्त्र प्रहरी बल २७ नम्बर गण हेक्वा रुपन्देहीलाई ५–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रेस क्लबका लागि दिपेन्द्र बडुवाल र जयकेश हरीजनले २.२ गोल गर्दा प्रकाश न्यौपानेले १ गोल गरेका थिए । शस्त्रको टिमका लागि किशोर श्रेष्ठ अस्विनी गुरुंग र देवराज मल्लले एक एक गोल गरेका थिए ।

विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई प्रमुख अतिथि रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : ४३ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर