विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा « Khabarhub

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँबाट राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा दायर गरिएका केही मुद्दामा भएको फैसला उपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

तत्कालीन कर फछर्यौट आयोगका पदाधिकारीहरू लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालविरुद्ध विशेष अदालतले कम जरिवाना हुने गरी फैसला गरेको भन्दै आयोग सर्वोच्च पुगेको हो । 

आयोगले सो मुद्दामा तीन जना प्रतिवादीविरुद्ध रु ११ अर्ब दुई करोड ५२ लाख २२ हजार दुई सय २७ बिगो दाबी गरे पनि विशेष अदालतले रु चार अर्ब ८६ करोड ८१ लाख ७५ हजार तीन सय ८० बराबरको बिगो कायम गरी गरेको फैसला त्रुटीपूर्ण भएको दाबी गरेको छ ।

विशेष अदालतले कर फछर्यौट आयोगका तत्कालीन अध्यक्ष महतलाई नौ वर्ष एक महिना र आयोगका सदस्य उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकाललाई नौ वर्ष कैद सजाय हुने ठहर गरेको थियो । आयोगले विभिन्न १० वटा बुँदामा विशेष अदालतबाट भएको फैसला त्रुटीपूर्ण रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : १७ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति