नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनको उद्घाटन ओलीले गर्ने « Khabarhub

नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनको उद्घाटन ओलीले गर्ने


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा एमाले रौतहट जिल्ला कमिटीको १०औं जिल्ला अधिवेशन माघको २५ र २६ गते हुने भएको छ। नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्न नेकपा एमाले रौतहटले तयारी तीव्र पारेको छ।

सोही क्रममा मंगलबार जिल्ला अधिवेशनलाई भव्य बनाउन नेकपा एमाले प्रचार विभाग रौतहटको बैठक बसेको थियो। बैठकमा नेकपा एमालेका पोटिब्यूरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोत्तम पौडेलले अधिवेशनलाई भव्य रूपमा सफल तुल्याउन सबै तहतप्काका नेताहरू सक्रिय हुनुपर्ने बताएका छन्। 

जिल्ला अधिवेशनलाई भव्य रूपमा सफल पार्नको लागि प्रचार सामग्रीको निमार्णदेखि प्रचारप्रसारलाई व्यवस्थित बनाउन प्रचार विभाग तथा प्रेस चौतारीमा आवद्ध व्यक्तिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न पौडेलको आग्रह छ।

बैठकमा नेकपा  एमालेका केन्द्रीय सदस्य उद्धव प्रसाद रेग्मीले सबै मिलेर जिल्ला अधिवेशनलाई सफल बनाउन लागिपर्नु पर्ने बताए।

पार्टीको जिल्ला अधिवेशनको लागी आउँदो माघ ३ गते सचिवालय बैठक आयोजना गर्ने, माघ ६ गते जिल्ला प्रतिनिधि परिषद् भेला र माघ १३ गते प्रतिनिधि चयन गर्ने र माघ २५ र २६ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको केन्द्रीय सदस्य रेग्मीले जानकारी दिए।

प्रचार विभाग रौतहटका प्रमुख रुपेश कुमार पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य बाल बिक्रम कार्की, प्रचार विभाग रौतहटका सदस्य अशोक कुमार पहाडी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमल सिना, प्रेस चौतारी रौतहटका अध्यक्ष उत्तम कुमार उपाध्याय, नेकपा एमाले गरुडा नगर कमिटी संयोजक, प्रचार विभागका सदस्यलगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : २८ बजे

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येय : सञ्चारमन्त्री खरेल

पाटन–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले  सुशासनमार्फत भ्रष्टाचारको अन्त्य  र

समाजमा महिलामाथि हुने अदृश्य हिंसा अझै उस्तै : न्यायाधीश सपना मल्ल 

काठमाडौं– प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा

चन्द्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अवरुद्ध भएको सडक

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तार : अब कर्णालीका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत– सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा सञ्चालनको