‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ « Khabarhub

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई काठमाडौँको  बुढानीलकण्ठ  हात्तिगौंडाबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले पुष्टि गरे ।

उनले भने  “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।”

बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो । बम्जनमाथि अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप छ ।

प्रहरी टोली पटकपटक उनको आश्रममा पुग्ने गरे पनि पक्राउ गर्न सकेको थिएन् । यसअघि प्रहरीले पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती तथा असार २०७७ मा कमलामाई नगरपालिका रहेकाे बम्जनको आश्रममा  छापा समेत मारेको थियो ।

आफूलाई ‘तपस्वी’  बताउने बम्जनविरुद्ध उनकै आश्रममा रहेकी १८ वर्षीया एक किशोरीले बलात्कारको जाहेरी दिएकी थिइन्। जिल्ला अदालत सर्लाहीमा उक्त मुद्धा विचाराधीन छ । अदालतले हाजिर हुन पटक पटक निर्देशन दिए पनि उनी भाग्दै आएका थिए ।

यस्तै उनीविरुद्ध तीन युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी समेत परेकाे थियाे ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको