सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्बिया पठाइदिन्छु भन्दै करिब ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

उदयपुरको कटारी नगरपालिका १ घर भई हाल ललितपुरको च्यासल बस्ने बिकास घले र सञ्जय लामाले टोकियो ओभरसिस कम्पनि दर्ता गरी वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै सरिता घलानबाट ८ लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए। उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

कुमार र सञ्जयले सरितालाई सर्बिया जान ९ लाख लाग्छ, पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनी १ लाख तलव भनेर प्रलोभनमा पारेर पटक–पटक गरी १३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरिका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कुमार र सञ्जय लाई काठमाडौंको महाबौद्ध र सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ८ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको