दक्षिण कोरियालीले कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाउने | Khabarhub Khabarhub

दक्षिण कोरियालीले कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाउने


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

सोल – दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, वध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, वध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् ।

कार्यकर्ताहरूका अनुसार कुकुरको मासु लामो समयदेखि दक्षिण कोरियाली परिकारको हिस्सा रहेको छ र एक समयमा उक्त व्यापारका लागि प्रत्येक वर्ष १० लाख कुकुर मारिन्थ्यो । यद्यपि ठूलो सङ्ख्यामा कोरियाली मानिसले घरपालुवा जनावरको स्वामित्वलाई अपनाइरहेकाले हालका दिनमा कुकुरको मासुको खपत तीव्ररूपमा घटेको छ ।

युवा, सहरी दक्षिण कोरियालीबीच कुकुरको मासु खान वर्जित छ र सरकारमाथि पशु अधिकारकर्मीहरूका तर्फबाट यो अभ्यासलाई गैरकानूनी घोषणा गर्न दबाब बढिरहेको छ ।

सत्तारूढ र प्रमुख विपक्षी दुवै दलले प्रस्ताव गरेको विधेयक दुई जनाको अनुपस्थितिका साथ २०८–० मतबाट निर्विरोध पारित भएको छ । उक्त विधेयक राष्ट्रपति युनबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि तीन वर्षको छुट अवधिपछि लागु हुनेछ ।

कानूनअन्तर्गत मासुका लागि कुकुरको प्रजनन, बिक्री र काट्नेलाई तीन वर्षसम्मको कारागार वा तीन करोड वन (२३ हजार अमेरिकी डलर_ जरिवाना लाग्नेछ ।

“अब ‘कुकुर खाने देश’ का रूपमा आलोचना गर्नुको कुनै औचित्य छैन”, विधेयक प्रस्ताव गर्ने सत्तारूढ पिपुल्स पावर पार्टीका सांसद थाए योङ– होले भने, “सत्तारूढ, विपक्षी दलहरू तथा सरकारले अब पशु अधिकारको रक्षा गर्ने जिम्मेबारी लिनुपर्छ ।”

कार्यकर्ता र केही सांसद विधेयक पारित भएको खुशी मनाउन संसद भवनबाहिर एकत्रित भएका थिए र मानिसहरूले ‘कुकुरको मासुको उपभोगलाई अलविदा’ र ‘कुकुरको मासुमुक्त कोरिया आउँदैछ’ भन्ने पोस्टर लहराउँदै खुशी मनाएका थिए । कार्यकर्ताहरूले ‘इतिहास निर्माणमा रहेको’ भन्दै विधेयकको स्वागत गरेका छन् ।

“हामी निर्णायक विन्दुमा पुगेका छौँ, अधिकांश कोरियाली कुकुरको मासु खान अस्वीकार गर्नेछन् र यो पीडालाई इतिहासको किताबमा राखिएको हेर्न चाहन्छन्”, ह्युमन सोसाइटी इन्टरनेसनल/कोरियाका कार्यकारी निर्देशक जुङआह चाइले भने, “आज हाम्रा निर्माताहरूले यसलाई वास्तविकता बनाउन निर्णायकरूपले काम गर्नुभएको छ, यद्यपि मेरो हृदय लाखौँ कुकुरका लागि भाँचिएको छ जसका लागि यो परिवर्तन अत्यन्त ढिलो आएको छ, दक्षिण कोरियाले अब हाम्रो इतिहासमा यो दयनीय अध्यायलाई बन्द गर्न सक्छ र कुकुरको अनुकूल भविष्यलाई अपनाउन सक्छ भन्नेमा म अत्यन्त खुशी छु ।”

सोलस्थित थिङ्कट्याङ्क वेलफेय अवेरनेस, रिसर्च एन्ड एजुकेसनले सोमबार जारी गरेको सर्वेक्षणमा दक्षिण कोरियामा १० मध्ये नौ जनाले भविष्यमा कुकुरको मासु नखाने बताएका छन् । एक्टिभिस्ट ग्रुप एनिमल लिबरेसन वेभले मङ्गलबारको मतदान विश्वस्तरमा अग्रणी निर्णय थियो भन्दै यसबाट अन्य जनावरको अधिकारको रक्षाका लागि मार्ग प्रशस्त भएको बताएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ८ : ५४ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ