चिराइतोको मूल्य बढेपछि किसान उत्साहित « Khabarhub

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

इलाम – बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेपछि किसान उत्साहित भएका हुन् ।

गत वर्ष मुस्किलले प्रतिमनअर्थात् ४० किलो रु २५ हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रु ५४ हजारसम्ममा बिक्री भइरहेको सन्दकपुर गाउँपालिका–१ का किसान हेमकुमार राईले बताए । “विगतका वर्षहरुमा हामीले चिराइतो प्रतिमन रु आठ हजारदेखि २५ हजारसम्ममा बिक्री गर्ने गर्दथ्यौँ, अहिले रु ५४ हजारमा बिक्री भइरहेको छ, यो एक दशकयताकै उच्च मूल्य हो”, उनले भने, “यसले व्यावसायिक चिराइतो खेती गदै आएका हामी किसानलाई उत्साहित बनाएको छ ।”

राईले कुनै समय एकै याममा ५० मनसम्म चिराइतो बिक्री गर्दथे। केही वर्षयता मूल्य घटेपछि राईसँगै धेरैले व्यावसायिक चिराइतो खेती छाड्दै गएका थिए । अहिले अप्रत्याशित मूल्य बढेपछि किसान पुनः उत्साहित भएका छन् । “विसं २०६९ मा यहाँका प्रत्येक किसानले १० देखि ५० मनसम्म चिराइतो बिक्री गर्दथे, तर मूल्य घटेपछि धेरै चिराइतो मासेर अन्य खेतीमा लागेका थिए”, सन्दकपुर–३ का किसान शिवकुमार राईले भने, “दश रोपनी बारीमा चिराइतो खेती गरिरहेको छु, विगतमा बर्सेनि मूल्य घटेका कारण निराशा थियो, तर यसवर्ष अप्रत्याशित रुपमा मूल्य बढेको छ, यसले म जस्ता किसान धेरै खुसी छौँ ।”

मूल्य बढेसँगै व्यवसायी चिराइतो सङ्कलन गर्न गाउँगाउँ पुग्न थालेका छन् । चिराइतो खोजी गर्दै गाउँमा व्यापारी आएसँगै व्यावसायिक चिराइतो खेती गर्दै आएका सन्दकपुरका किसाले मनग्य आम्दानी गरिरहेको जडीबुटी व्यवसायी फुर्वा तामाङले बताए ।

“गत वर्ष मूल्य नआएका कारण धेरैको चिराइतो बिक्रीसमेत भएको थिएन, तर अहिले व्यापारी किसानको घरमा पुगेर राम्रो मूल्यमा चिराइतो खरिद गरिरहेका छन्”, उनले भने, “यो मूल्य स्थिर रहिरहने हो भने यहाँका किसानले अरु काम नै गर्नुपर्दैन ।” चिराइतो पाखा बारीमा बीउ लगाएपछि करिब ३० महिनापछि बिक्रीयोग्य हुने तामाङले बताउनुभयो । अन्य बाली लगाउनुभन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रो हुने उनको भनाइ छ ।

पहिले पहिले जङ्गल र खेतबारीमा स्वतः उम्रने चिराइतो पछिल्लो समय किसानले व्यावसायिक रुपमा खेती पनि गर्दै आएका छन् । समुद्र सतहबाट एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले जिल्लाका माथिल्लो भेगका अधिकांश किसाले चिराइतो खेती गरिरहेका छन् ।

इलामको सन्दकपुर गाउँपालिकाका माइपोखरी, सुलुबुङ, माबु, माइमझुवा, जमुना र इङ्ला तथा माइजोगमाई गाउँपालिकाका प्याङ र नयाँबजार एवं इलाम नगरपालिकाको पुवामझुवाको माथिल्लो भेगमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ । यहाँ उत्पादित चिराइतो भारत, चीन र बङ्गलादेश निर्यात हुने गरेको व्यवसायी तामाङको भनाइ छ ।

साउनदेखि कात्तिकसम्म फल्ने र असोजदेखि मङ्सिरमा पाक्ने यसको सङ्कलन भने मङ्सिरपछि गरिन्छ । जरासँगै उखेलेपछि एक किलो जतिका ससाना मुठा बनाइने यसलाई हावा आवतजावत गर्न सकिने ठाउँमा भण्डारण गरिन्छ । भूगोल हेरि मङ्सिरदेखि चैतसम्म चिराइतोको सङ्कलन हुन्छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : ०४ बजे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख

सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौं – नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

सर्वपक्षीय बैठकमा कांग्रेसले उठायो सुरक्षा चुनौती र सरकारको जिम्मेवारीबारे प्रश्न

काठमाडौँ- नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा